अखिल नेपाल महिला सँघ (क्रान्तिकारी) काे जिल्ला भेला सम्पन्न

उत्तम कुमार थापा , २१८  पटक हेरिएको

बझाङ , फागुन २५

अखिल नेपाल महिला सँघ ( क्रान्तिकारी) काे जिल्ला भेला सम्पन्न भएको छ । आज जिल्लाकाे सदरमुकाम चैनपुरमा अवस्थित पार्टी कार्यालयकाे सभाहलमा सञ्चालीत एक कार्यक्रमले नयाँ समिति चयन गरिएको महिला प्रदेश कमिटी सदस्य अञ्जु खड्काले बताउनु भयो ।


अखिल नेपाल महिला सँघ क्रान्तिकारीकाे जिल्ला कमिटी बैठक अध्यक्ष सरस्वती गिरीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला सँघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य देवकी मल्ल रहनुभएकाे थियाे। बिशिस्ट अतिथिमा अखिल नेपाल महिला सँघ केन्द्रीय सदस्य शान्ति नेपाली नेकपा माओवादी केन्द्रका जिल्ला सँयाेजक टाेप बहादुर खड्का रहनु भएको थियाे ।

पार्टी कार्यालयमा सञ्चालन भएको कार्यक्रमले नयाँ समिति चयन गरिएको हाे भने ,नयाँ कार्यसमितिको संयोजकमा धुम्रा ठगुन्ना परियार (निशा) सह- संयोजकमा दुर्गा बुढा भण्डारी, सचिवमा पुष्पा मल्ल बम सहित ७५ जना सदस्य अखिल नेपाल महिला सँघ ( क्रान्तिकारी ) जिल्ला समन्वय समिति बझाङ चयन गरिएको छ । ७ औ जिल्ला भेलाबाट चयन गरिएकाे प्रदेश सदस्य अञ्जु खड्काले बताउनु भयो । कार्यक्रम सञ्चालन पार्वती मल्ल बम्मले गर्नुभएको थियाे । भेलामा जिल्लाका २ सय जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०३-०९ , समय : २२:०६:५८ , १ वर्ष अगाडि