फलाहारी बाबा बहुमुखी क्याम्पसमा अनेरास्ववियु बाट सभापतिमा अभिषेक मणि यादव

धनी राम काेरी , १५३  पटक हेरिएको

महाराजगन्ज , फागुन २७

कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्जमा रहेको फलाहारी बाबा बहुमुखी क्याम्पसमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनका लागि अनेरास्ववियु बाट सभापति पदमा अभिषेक मणि यादवले उमेदवारी दर्ता गराएका छन् ।

अनेरास्ववियुबाट सचिवमा राधेश्याम मिश्रा , काेषाध्यक्षमा संजय कुमार यादव , सदस्यहरुमा विष्णु यादव , संजय कुमार मिश्रा र रिमा कुर्मी उमेदवारी दर्ता गराएका छन् ।

भाेली उमेदवारकाे नामावलीमाथि दावी विराेध गर्ने , छानबिन गरी नामावली प्रकाशित गर्ने कार्यतालिका छ । त्यस्तै पर्सी उमेदवारकाे अन्तिम नामावली प्रकाशित भएपछि प्रचारप्रसार गर्न पाउनेछन् ।

आगामी बुधबार राति १२ बजे सम्म मात्रै प्रचारप्रसार गर्न पाइने जनाइएको छ । स्ववियु निर्वाचनकाे मतदान चैत ५ मा बिहान ८ बजे देखि अपरान्ह ४ बजे सम्म हुनेछ ।

प्रकाशित मिति: २०२३-०३-११ , समय : २१:२८:५९ , १ वर्ष अगाडि