नवलपरासीमा ४० वडाको मतपरिणाम घोषणा, १७ स्थानमा कांग्रेसको  जित,

हरि शर्मा , २५६  पटक हेरिएको

नवलपरासी, जेठ ३

पश्चिम नवलपरासीमा अहिलेसम्म घोषणा भएको नजिताअनुसार कांग्रेसले सबैभन्दा बढी वडा जितेको छ ।

७ स्थानीय तहमा ७४ वडा छन् । मंगलबार बिहानसम्म ४० वडाको नजिता घोषणा गरिएकोमा १७ वडा कांग्रेसले जितेको छ । 

दोस्रोमा एमालेले ८ वडा जितेको छ । राप्रपा र जसपाले ५/५ वडा जितेका छन् । माओवादी केन्द्रले २ वडा जितेको छ । स्वतन्त्र, लोसपा र जनता प्रगतिशिल पार्टी(जप्रपा)ले १/१ वडा जितेका छन् । 

शनिबार बिहानदेखि मतगणना भएपनि अहिलेसम्म कुनै पनि पालिकाका प्रमुख र उपप्रमुखको नजिता आउन सकेको छैन ।

सबै पालिकाको शुक्रबारसम्म नतिजा आउन सक्ने सहायक मुख्य निर्वाचन अधिकृत रुद्र प्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: २०२२-०५-१७ , समय : १२:४०:१५ , २ वर्ष अगाडि