भैरहवा बहुमुखी क्याम्पसमा चुनावी प्रतिस्पर्धा

अन्य संगठन गठबन्धनमा, अनेरास्ववियु एकलरुपमा जित निकाल्ने रणनीतिमा

रुपन्देही खबर , २५९  पटक हेरिएको

भैरहवा,चैत ७

यहि चैत्र ८ गते हुन गईरहेको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनाबी प्रतिस्पर्धा गर्दैछन् । पुर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थीहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि निर्वाचन हुन गईरहेकोछ । स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले सिंगल प्यानल सहित चुनाबी प्रतिसपर्धामा होमिएको छ ।

चैत्र ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानल सहित निर्वाचन जितेको अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा निर्वाचनमा होमिदा थप हौसिएको छ । सागर न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भिम भन्डारीले आफ्नो उम्मेदवारी निस्क्रीय पार्दै पारेर अनेरास्ववियुलाई समर्थन गरी चुनाबी प्रचारमा लागेपछि न्यौपाने झन बलियो उम्मेदवार बनेका हुन् ।

यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थि संगठन राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थि संगठन र नेकपा माओवादी पाटि निकटको विद्यार्थि संगठन अखिल –क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिसपर्धा गर्दैछन । एमाले सर्मथीत न्यौपानेको सिंगल प्यानल र राप्रपा माओवादी तालमेलको मनिष ढकाल मध्ये एक प्यानलले निर्वाचन जित्ने भैरहवा क्याम्पसमा दशकौदेखि प्राध्यापनरत एक प्राध्यापकले बताए । नाम नखुलाउने शर्तमा उनले भने, ‘ यहाँको चुनाब चाहि न्यौपाने र ढकालकै प्रतिसपर्धा देखिन्छ । अनुप द्वीवेदी र जैनुद्धिन देवानले कसको भोट बढी काट्छन त्यसमा भर पर्छ । समान्यतया सरसर्ति हेर्दा रेगुलर विद्यार्थिको हिसाब, सबैसँग बढी हेलमेल भएको विद्यार्थिको हिसाबले अन्य उम्मेदवार भन्दा सागर बलियो देखिएका छन् । ’

द्वीवेदीलाई जनमत पाटि निकटको विद्यार्थि जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थि युनियन र स्वतन्त्र मधेशी युनियनले समर्थन गरेको छ । यसैगरी देवानलाई लोसपा निकटको लोकतान्त्रीक विद्यार्थि संघ र नेपाली कांग्रेस निकटको नेविसंघले समर्थन गरेको छ ।
यसैगरी अध्यक्षमा नेकपा एस निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियनका अजय भन्डारी , नेकपा माओवादी विप्लप निकटको अनेरास्ववियु क्रान्तिकारीको उमेश यादव, स्वतन्त्र उम्मेदवार अनिल कुमार भुजले पनि अध्यक्षमा प्रतिसपर्धा गदै छन् ।

बिहान ८ बजेदेखि शुरु हुने निर्वाचनमा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउने विद्यार्थिलाई निर्वाचनमा सहभागी गराईने मुख्य निर्वाचन आयुक्त इन्द्र बहादुर विश्वकर्माले बताए ।
विक्रम सम्वत २०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै महत्वपुर्ण र पुरानो क्याम्पसको रुपमा परिचीत रहेको छ। २०२५ साल भदौ ४ गते पब्लिक क्याम्पसका रूपमा स्थापना भएको तत्कालीन सिद्धार्थ कलेज रुपन्देहीको पहिलो क्याम्पस पनि हो ।

२०३० सालमा देशमा नयाँ शिक्षा लागू भएसँगै सिद्धार्थ कलेजबाट त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रूपान्तरण भएको उक्त क्याम्पस हाल भैरहवा बहुमुखी क्याम्पसका नामले परिचित छ।

भैरहवा क्याम्पसमा अध्ययनताका राजनीति गरेका विद्यार्थि नेताहरु नेपाली राजनीतिमा पनि चर्चित रहेका छन् । चर्चित राजनीतिज्ञ तथा एमाले नेता स्वर्गिय जीवराज आश्रितदेखि पूर्वउपप्रधान तथा गृहमन्त्री एवं एमाले नेता वामदेव गौतम, पुर्वमन्त्री तथा वर्तमान सांसद समेत रहेका राप्रपा नेता दीपक बोहरा, बरिष्ठ पत्रकार किशोर नेपाल, नेपाल प्रहरीका पूर्व आइजिपी कुबेरसिंह राना, सहिद यादवनाथ आलोक, नेकपा एमालेका नेताहरु नेत्र पन्थी र विजय पौडेल, कर विभागका उच्च अधिकृत महाराजा कोइराला, चर्चित गायककार हेमन्त शर्मा जस्ता देशका स्थापित व्यक्तित्वहरु भैरहवा क्याम्पसमै अध्ययन गरेका विद्यार्थि हुन् ।

यसैगरी सिद्धार्थनगरका पुर्व मेयर सागर राणा, पुर्व मेयर हरि अधिकारी, पुर्व उपमेयर उमा काफ्ले, सिनपाको वर्तमान उपमेयर उमा अधिकारी पनि भैरहवा क्याम्पसकै उत्पादन हुन् ।

नेपाली राजनीतिमा प्रभावशाली नेता जन्माउन सफल यस क्याम्पसको स्ववियु निर्वाचन अर्थपुर्ण मानिने गर्दछ । विगतमा पन्चयात कालमा पन्चहरुको उर्वरथलोको बीचमा पनि कम्युनिष्ट नेताहरु जन्माउन सफल यस क्याम्पसमा वर्तमान अवस्थामा दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थि नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

बहुदल पश्चात ०६२।०६३ को जनआन्दोलको अगाडी सम्म कहिले एमाले निकटको अनेरास्ववियु त कहिले नेपाली कांग्रेस निकटको नेविसंघले निर्वाचन जित्दै आएको यस क्याम्पसमा वर्तमान अवस्थामा नेविसंघ भैरहवा क्याम्पसमा ईतिहाँसकै सबैभन्दा कमजोर विद्यार्थि संगठनको रुपमा देखिएको छ । नेविसंघले लोसपाको सहयोगमा सचिव उम्मेदवार उठाएको छ ।

३ हजार २ सय २९ जना विद्यार्थिले मतदान गर्ने उक्त क्याम्पसको निर्वाचनलाई दलहरुले पनि महत्वका साथ हेरिरहेका छन् । एमाले सिद्धार्थनगरका अध्यक्ष चक्रबहादुर थापा, अनेरास्ववियु नेतृ लक्ष्मी के.सी, अनेरास्ववियु नेता सरोज ठकुरी, अनेरास्ववियुका नेता भिम भण्डारीले सागर न्यौपानेको टिमलाई जिताउनेगरी चुनाबी कमान्ड सम्हालेका छन् । थापा अनेरास्ववियुका पुर्व विद्यार्थि नेता तथा स्ववियु भैरहवा क्याम्पसका निवर्तमान सचिव समेत हुन् ।

अनेरास्ववियुका केन्द्रिय नेताद्वय के.सी , ठकुरी र भीम भन्डारी भैरहवा क्याम्पसमै अध्ययनरत विद्यार्थि हुन् । बुटवल क्याम्पसमा सिंगल प्यानल सहित जित हासील गरेको अनेरास्ववियुले भैरहवा क्याम्पसमा पनि जित हासील गर्नेगरी रणनीति तय गरेको देखिएको छ ।
सागर न्यौपानेको टिम अन्य उम्मेदवार भन्दा बलियो देखिएको छ । सागर विशुद्ध विद्यार्थि नेता हुन् जबकी उनको मुख्य प्रतिसपर्धी मानिएका मनिष ढकाल होटल व्यवसायी हुन् ।

ढकाललाई निर्वाचनमा सहयोग गर्नेगरी माओवादी नगर अध्यक्ष नारायण हमाल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष कपिल चापागाई लगायतको टिम खटिएको छ । उता मधेसको भावना, क्षेत्रीयता र जातियताको सहानुभूति पाउने दाबी सहित यादव, द्विबेदी र देवान चुनाबी प्रतिस्पर्धामा होमिएका छन् ।

एमाले निकटको अनेरास्ववियुले विद्यार्थी हकहितको लागि क्याम्पस परिसरमा भौतिक पुर्वाधारमा पनि संगठनको तर्फबाट देखिनेगरी सहयोग गरेको अनेरास्ववियु नेतृ लक्ष्मी के.सीले बताईन् । उनका अनुसार क्याम्पसमा खानेपानीको धारा राख्ने, क्याम्पसको पुस्तकालय अगाडी अनेरास्ववियु पार्क निर्माण गर्ने काम अनेरास्ववियुले नै गरेको हो । यसैगरी क्याम्पसको कक्षा कोठामा चर्क बोर्डको विस्थापन गरी हवाईट बोर्डको शुरुवात गराउने, होस्टलको शुरुवात, एकमुष्ठ फी लिने प्रणालीलाई परिवर्तन गरी विद्यार्थीले किस्तामा फी तिर्ने व्यवस्था पनि अनेरास्ववियुकै पहलमा भएको के.सीको दाबी छ ।

प्रकाशित मिति: २०२३-०३-२१ , समय : २०:३२:२७ , १ वर्ष अगाडि