रुपन्देहीको भैरहवा क्याम्पसमा मतगणना जारी, अनेरास्ववियु १ सय ६ मतले अगाडि

रुपन्देही खबर , २४९  पटक हेरिएको

भैरहवा, चैत ९

भैरहवा बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनको अहिले मतगणना भैरहेको छ । जारी मतगणनामा यो समाचार तयार पार्दा सम्म अनेरास्ववियुले अग्रता लिइरहेको छ ।

अहिलेसम्म १३ सय ८२ मत गणना भएकोमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका सागर न्यौपाने १०६ मतले अगाडि छन् । उनलाई राप्रपा र माओवादी केन्द्र निकट विद्यार्थी संगठनको संयुक्त प्यानलबाट उम्मेदवार बनेका मनिष ढकालले पछ्याइरहेका छन् ।

कुल खसेको १ हजार ५ सय ८२ मतमा १३ सय८२ मत गणना भैसकेको छ भने अझै २ सय मत गन्न बाकी रहेको छ । भने आज दिउँसो ३ बजे सम्म मतपरिणाम आइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : १३:३५:५२ , १ वर्ष अगाडि