रुपन्देहीको रोहिणी गाउपालिकाको प्रमुखमा जसपाका यादव विजयी

रुपन्देही खबर , ३३३  पटक हेरिएको

भैरहवा, जेठ ५

रुपन्देहीको रोहिणी गाउपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका बिद्या प्रसाद यादव विजयी भएका छन । उनले ७ हजार ४ सय ९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले ६ हजार ४ सय ५८ मत प्राप्त गरे ।

यस्तै नेकपा एमालेका सनोज कुमार यादवले ३ हजार १ सय २ मत र नेपाली कांग्रेसका बैजनाथ सहानीले २ हजार ३ सय ५६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । राप्रपाकी शिवकान्ती चमारले ६ हजार १ सय ५४ मत ल्याउदै दोश्रो कार्यकालको लागि उपाध्यक्षमा निर्वाचित भएकी छन।

जसपाको रिमा मिश्रा ५ हजार ९ सय २ मत ल्याइ दोश्रो भएकी छन । नेकपा एमालेकी बसन्ती पाण्डेले ३ हजार ३८ मत प्राप्त गरेकि थिइन ।

वडा नम्बर १ मा राप्रपाका आविद अलि पठान ९ सय २६ मत ल्याइ विजय प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेम नारायण कुर्मिले ९ सय ३ मत प्राप्त गरेका छन ।

वडा नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार करम हुसेन खा ८ सय ६५ मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका विनय कुमार यादवले ७ सय २४ मत प्राप्त गरेका छन ।

वडा नम्बर ३ मा राप्रपाकै वीर बहादुर क्षेत्री वडा अध्यक्षमा दोहोरिएका छन क्षेत्रीले १ हजार ८ सय ८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका चेतमान चौधरीले १ हजार ३ सय ३८ मत प्राप्त गरेका छन ।

वडा नम्बर ४ मा पनि राप्रपाकै तारानाथ यादव दोहोरिएका छन । उनले ८ सय ८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिश्चन्द्र थारुले ७ सय ७१ मत प्राप्त गरेका छन ।

वडा नम्बर ५ मा जसपाबाट घनश्याम सिंह क्षेत्री वडा अध्यक्षमा दोहोरिएका छन । उनले ७ सय १४ मत प्राप्त गर्दा नेकपा एमालेका शैलेन्द्र कुमार उपाध्याय ५ सय ६७ मत प्राप्त गरेका छन ।

वडा नम्बर ६ मा पनि कांग्रेसकै इन्द्रमान चौधरी दोहोरिएका छन । चौधरीले ९ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सीताराम सिंह क्षेत्रीले ५ सय ८६ मत प्राप्त गरेका थिए ।

वडा नम्बर ७ मा राप्रपाका अन्नान अहमद भाट ८ सय २३ मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेश कुमार यादवले ६ सय ७२मत प्राप्त गरेका थिए ।

ग्लोबलआवाज

प्रकाशित मिति: २०२२-०५-१९ , समय : ०७:४४:२४ , २ वर्ष अगाडि