आज प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै

रुपन्देही खबर , १६८  पटक हेरिएको

काठमाडौं, बैशाख ४

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा आज बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो ।

भेटमा संसदमा विधेयक अगाडि बढाउने विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए । केही दिनअघि सभामुख निवासमा संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउने विषयमा शीर्ष नेताहरू बीच छलफल भएको थियो ।

प्रकाशित मिति: २०२३-०४-१७ , समय : ०८:४९:०८ , १ वर्ष अगाडि