नवनिर्वाचित वडाध्यक्ष आचार्यद्वारा पदभार ग्रहण

रेशम अधिकारी , ४९६  पटक हेरिएको

सुनवल, जेठ ९

सुनवल नगरपालिका वडा नम्बर ७ का नवनिर्वाचित वडाध्यक्ष नारायण प्रसाद आचार्यले पदभार ग्रहण गरेका छन्।

वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित उनले वडा सदस्य तुलसी ज्ञवाली, गायत्री दर्जी, ओम प्रकाश चौधरी, लाल बहादुर थापा सहित सोमबार वडा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार सम्हाल्दै उनले वडाको पहिलो निर्णय वडाभित्र रहेका तीन सामुदायिक विद्यालय जनज्योति प्रावीलाई, जन जागृति निमावि र ज्योति मावि गरि ४ वटा विधालयलाई अत्याधुनिक पानी फिल्टर विद्यालय हस्तान्तरण गर्ने र एक फिल्टर वडा कार्यलयमा राखी सेवाग्राहीलाई समेत शुद्ध पानी उपलब्ध गराउने बताएका छन् ।

आफूले वडाको विकासका लागि पाँच वर्षे गुरुयोजना तयार पारेको बताउँदै अर्यालले भने ‘अबको पाँच वर्षमा यो वडालाई कस्तो बनाउने, कसरी विकास गर्ने मैले योजना बनाएको छु’ । उनले वडाभित्र विशेष गरी शिक्षा, स्वास्थ्य, र कृषि क्षेत्रको विकासमा जोड दिने बताए ।

सोही क्रममा वडा कार्यालयले निवर्तमान वडा अध्यक्ष र सदस्यलाई बिदाइ तथा नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको थियो ।

प्रकाशित मिति: २०२२-०५-२३ , समय : २२:२४:५४ , २ वर्ष अगाडि