अपांग र नेत्रहीनलाई बाषिर्क १० हजार दिने बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का नव निर्वाचित अध्यक्ष यादवको घाेषणा

धनिराम कोरी , ३७०  पटक हेरिएको

कपिलवस्तु, जेठ ११

कपिलवस्तुकाे बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का नव निर्वाचित अध्यक्ष शालिकराम यादवले पदभार ग्रहण गर्नु भएको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठबाट सपथ ग्रहण गरेपछि आज बुधबार वडा कार्यालयमा यादवले पदभार ग्रहण गर्नु भएको हो ।

पदभार ग्रहणसंगै यादवले आफ्नो पहिलो प्राथमिकता अपांग र नेत्रहीन व्यक्तिलाई बाषिर्क रुपमा प्रतिव्यक्ति वडा कार्यालय बाट १० हजार दिने घाेषणा गर्नु भयो । बृद्ध भत्ता , विधवा भत्ता र बालबालिकाकाे पाेषण भत्ता वडा कार्यालयबाट उपलब्ध गराउनकाे लागि नगरपालिकाबाट पहल गर्ने कुरा बताउनु भयो ।

त्यस्तै वडालाई व्यवस्थित र वडाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त पार्ने उद्घोष गर्नु भएको छ । वडाको समग्र विकासका लागी आफु सधै तयार रहेको समेत जानकारी गराउनु भयो ।

नागरिकले लिएर आउने गुनासो सम्बोधन कुन निकायबाट गर्न सकिन्छ ति समस्या समाधानमा ध्यान केन्द्रित हुने यादवको भनाई छ । अबको ५ बर्ष जनताका काममा खटिने बताउँदै उहाले राम्रा काममा साथ दिन र गलत भए खबरदारी गर्न आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२२-०५-२५ , समय : २०:०७:४२ , २ वर्ष अगाडि