अन्जना चौहान , २३२९ पटक हेरिएको
लुम्बिनी, जेठ ४
लुम्बिनी साँस्कृतिक नगरपालिकामा नगस्तरिय प्रधानाध्यापकहरूको नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोग तथा थिङकिङ रिच नेपालको आयोजनामा एक दिने प्रधानध्यापकहरूको नेतृत्व क्षमता विकास तालिम सम्पन भएको हो । पुर्ब सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले कार्यक्रममा बोल्दै शिक्षालाई आफुले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । उहाले नगरको शिक्षामा ठूलो परिवर्तन ल्याउनुपर्ने बताउदै नेपाल अधिराज्यकै शिक्षण क्षेत्रमा सुधार गर्न पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी साँस्कृतिकका नगरप्रमुख सजरुद्दिन मुसलमानले अहिलेको समयमा विद्यार्थीहरुलाई शिक्षा धेरै महत्त्वपूर्ण रहेकोले आगामी दिनहरुमा शिक्षा मन्त्रालय देखि लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट हुनसक्ने सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता गर्दै शिक्षाको विषयमा आएको विभिन्न समस्या समाधानका लागी पहल गर्ने बताउनु भएको छ ।
कार्यक्रममा थिङकिङ रिच नेपालका अध्यक्ष दिनेश कुमर गुप्ताले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नगरको शिक्षामा सुधार गर्ने, प्रधानाध्यापकहरुको क्षमता विकास गर्ने, शिक्षामा सुदृढीकरण गर्ने, शिक्षामा क्रान्ति र परिवर्तन ल्याउने र नयाँ नयाँ प्राविधि र सिपको प्रयोग गर्ने सहज र सरल तरिकाले अगाडि बढाउनका लागी तालिमको आयोजना गरिएको बताउनु भएको छ । कार्यक्रममा शुद्धोधन गाउँपालिकाका शिक्षा अधिकृत धनी प्रसाद शर्मा , सहायक प्रशिक्षक थिङकिङ रिच नेपाल अध्यक्ष दिनेश कुमार गुप्ताले सहजीकरण गर्नु भएको थियो । भने कार्यक्रम सन्चालन निशा चौबेले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुर्ब सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, विशिष्ट आतिथि लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दीन मुसलमान, एस. एन. त्रिपाठी साथै नगर भित्रका बिद्यालयका प्रधानध्यापकहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०५-१८ , समय : १७:५२:२६ , १ वर्ष अगाडि