सत्ता गठबन्धन राजनीतिप्रति जनतामा वितृष्ण जगाउने काम मात्रै गरेको: अध्यक्ष ओली

rupandehi khabar , २९४  पटक हेरिएको

काठमाडौं,असार २

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले गरेको राजनीति वास्तविक राजनीति नभइ जनता अल्मल्याउने र राजनीतिप्रति जनतामा वितृष्ण जगाउने काम मात्रै गरेको आरोप लगाउनु भएको छ । शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई जनताबाट अलग गर्न सकिन्छ भनेर भ्रम छर्न गठबन्धन व्यस्त रहेको आरोप लगाउनु भएको हो । उहाले गठबन्धन एमालेको विरोध गर्नेतर्फ केन्द्रित भएको छ । त्यसमा पनि अझ बढी एमालेका अध्यक्षको विरोध गर्ने काममा लागेको छ। एमालेलाई जनताबाट कसरी अलग गर्न सकिन्छ भनेर भ्रम छर्न व्यस्त छ । भन्नु भयो ।’

उहाले एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चाको कुरा ल्याइएको बताउनु भयो । उहाले भन्नु भयो ,’समाजवादी मोर्चा किन बनाउनेभन्दा एउटा नेकपा एमालेसँग मुकाबिला गर्न र अर्काे काँग्रेस तर्साउन । लिभिङ टुगेदर चलेकै थियो छ त किन बनाउने मोर्चा ?’ उहाले २०८४ सालको आम चुनावबाट एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने मिसनमा लाग्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२३-०६-१७ , समय : २२:२३:४६ , १ वर्ष अगाडि