विप्लव र प्रचण्डबीच पार्टी एकताबारे छलफल

rupandehi khabar , १९४  पटक हेरिएको

काठमाडौं,असार ७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बिहीबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माओवादीबाट अलग भएका विप्लव समाजवादी मोर्चामा आवद्ध भएका छन् ।

प्रकाशित मिति: २०२३-०६-२२ , समय : १२:०२:४७ , ८ महिना अगाडि