विजयनगर कार्यपालिका सदस्यमा मौलाना मुजीबुर्रहमान चयन

अजय मिश्र , ३४९  पटक हेरिएको

कपिलवस्तु , जेष्ठ १७

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका कार्यपालिका सदस्य को निर्वाचनमा अल्पसंख्यक पदमा मौलाना मुजीबुर्रहमान निर्वाचित भएका छन् ।

मौलाना मुजीबुर्रहमान राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका महासचिव समेत रहेकाले सो संगठनका पदाधिकारीहरू उहाँलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

सोही क्रममा इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले समेत उहाँ लाई निर्वाचित भएका मुजीबुर्रहमानलाई बधाई दिएका छन् ।

प्रकाशित मिति: २०२२-०५-३१ , समय : २२:२५:३१ , २ वर्ष अगाडि