रोहिणी गाउँपालिकाले ल्यायो नीति तथा कार्यक्रम, ५५ करोड बढी बजेट

रुपन्देही खबर , २१०  पटक हेरिएको

भैरहवा, असार २८

रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले १३ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । १४८ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै ‘व्यवसायिक कृषि पेशा अबलम्वन गरौं आत्मनिर्भर बनौं, भन्ने उद्देश्यका साथ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने र व्यवसायिक तथा साना कृषकहरूलाई अनुदानको व्यवस्था गरिने उल्लेख छ । त्यस्तै धकधईमा १५ शैंयाको आधारभूत अस्पताल निर्माणको लागि परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत भइसकेकोले ठेक्का प्रक्रियामा लगिने उल्लेख छ ।
रोहिणी गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि निःशुल्क शिक्षा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ । यसबाट गाउँपालिकाभित्रकै शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने परिपाटीको विकास हुने उहाले बताउनु भयो ।
त्यस्तै आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गर्ने र बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुति गराइएका रोहिणी गाउँपालिकाभित्र स्थायी बसोबास भएका सुत्केरी महिलालाई साउन १ गतेदेखि नै कार्यान्वयन गर्ने गरी ‘उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी पोषण सामाग्री उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष यादवले बताउनु भएको छ ।
त्यसै गरी रोहिणी गाउँपालिकाको इतिहास, भूगोल, संस्कृति, चालचलन, रीतिरिवाज, भाषा, आर्थिक–सामाजिक, क्रियाकलाप र पर्यटकीय स्थल झल्किने गरी स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिने उहाले बताउनु भएको छ ।

आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मुस्लिम, पिछडावर्ग, अपांंगता भएका व्यक्तिलगायतका वर्ग तथा समुदायलाई सीपमूलक, आयमुलक र रोजगारमुलक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

रोहिणीको बजेट ५५ करोड बढी

बिहीबार भएको रोहिणी गाउँपालिकाको १३ औं गाउँसभाले ५५ करोड ९१ लाख १२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०÷२०८१ का लागि ५६ करोडको बजेट प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ । बजेटमा आन्तरिक आयबाट रु. २ करोड ८२ लाख ६ सय ८५, संघीय सरकारबाट प्राप्त रु. ४३ करोड, २५ लाख ४४ हजार ६ सय, प्रदेश सरकारबाट प्राप्त रु. ३ करोड ४३ लाख ६६ हजार ७ सय १५, बैंक मौज्दात ४ करोड, जिल्ला समन्वय समितिबाट रु. २ करोड ४० लाख अनुमान गरिएको छ ।
१३ औं गाउँसभामा गाउँपालिकाका सेवानिवृत्त (स्थायी) शिक्षक, जनप्रतिनिधि, कर्मचारी, गाउँपालिकामा निर्माण हुने १३ शैय्याको अस्पताल जाने सडकका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट विद्यालय श्री भविष्य उज्जवल आधारभूत विद्यालय र उत्कृष्ट शिक्षक श्री पिपरहवा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राधेश हरिजनलाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत मधु प्रसाद घिमिरेले बताउनु भयो । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता तथा शिक्षा शाखा अधिकृत मधु प्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, प्रवक्ता वीर बहादुर क्षेत्री, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।


आर्थिक वर्ष २०८० र ८१ को लागि रोहिणी गाउँपालिकाको अनुमानित आय व्यय विवरण

कृषि क्षेत्रलाई बिशेष प्राथमिकतामा राखी खाद्य सुरक्षा अन्तर्गत कृषि प्राविधिकरणको लागि १ करोड १५ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत ब्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन थप रु १२ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारहरुलाई रोजगारीको सिर्जना गराउन कार्यक्रमका लागी रु ४० लाख ११ हजार, पशुपालनको लागि नश्ल सुधार तथा धान र गहुँ वालीको पकेट क्षेत्रको रुपमा विकास गर्न संघीय र प्रदेश सरकारको समेत सहयोगमा गाउँपालिकाले प्राथमिकता दिने नीति रहेको र गाउँपालिकाले त्यस्ता कार्यलाई प्राथमिकता दिदै जाने गरी विभिन्न कार्यक्रमको लागी ६५ लाख बजेट बिनियोजन गरीएको छ ।

यस्तै गरी सामजिक विकास तर्फ स्वास्थ्य क्षेत्रमा अत्यावस्यक औषधीको ब्यवस्थापनका लागि ससर्त बजेट रु १६ लाख र गाउपालिकाबाट थप रकम बजेट विनियोजन गरीएको छ । धकधई स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा सञ्चालन गर्नका लागी रु २५ लाख, गाउँपालिकाबाट सञ्चालन भईरहेका एम्बुलेन्स सञ्चालन र व्यवस्थापन गर्नको लागि १५ लाख, संघिय सरकारको सहयोगमा सामुदायिक बिद्यालयमा अध्ययनरत किसोरीहरुलाई सेनिटरी प्याड निःशुल्क र भरपर्दो तरिकाबाट उपलब्ध गराइने नीति अनुरुप रु २० लाख ४८ हजार, कक्षा ११ र १२ मा पढ्ने अति विपन्न तथा जेहेन्दार छात्राहरुको लागि साइकल वितरण गर्न रु १० लाख, गाउँपालिकाको प्रशासनिक भवन निमार्णका लागि ४ करोड, विपद् आउन नदिन जनचेतना अभिवृद्धि गर्ने तथा विपद् आइपरेमा राहत, पुर्नस्थापना तथा उद्दार कार्य गर्न विपद् व्वस्थापन कोषको माध्यमबाट उद्दार सामाग्री सहितको व्यवस्था गर्न तथा वातावरण सरक्षण हरीयाली प्रवर्दन हरित विद्यालय लगायत विपद् व्यवस्थापन कोष को लागि रु२५ लाख, सबै विद्यालयमा एकै खालको रङ्गरोगन गर्न रु १० लाख संघीय सरकार र प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालन हुने समपुरक योजनाको लागि २ करोड रुपैया बजेट बिनियोजन गरीएको छ ।

आ.ब.२०८०⁄०८१ को गाउँपालिकाको नीति तथा कार्यक्रम पूर्णपाठ

1) आर्थिक विकासः-

1. कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै “व्यवसायिक कृषि पेशा अबलम्वन गरौं आत्म निर्भर
बनौँ;भन्ने उद्देश्यका साथ कृषिलाई आद्युनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित
गरिनेछ । व्यवसायिक तथा साना कृषकहरूलाई अनुदानको ब्यवस्था गरिनेछ ।
2. गाउँपालिका क्षेत्रभित्र उत्पादन गर्न सकिने कृषिजन्य, तरकारीजन्य, फलफुल, मासुजन्य तथा दूधजन्य
वस्तुहरुमा गाउँपालिकालाई आत्मनिर्भर र व्यवसायिक वनाउनविशेष कार्यक्रम संचालनगरिनेछ ।
3. खुल्ला मासु विक्रिवितरण परिपाटिको अन्त्य गरी स्वस्थ मासु विक्रि-वितरणको लागि आवश्यक व्यवस्था
मिलार्इनेछ ।
4. कृषि पेशालाई सम्मानित र व्यवसायिक वनाइ कृषिमा आधारित जनताको जीवनस्तर सुधार गर्न
कृषकहरुको तथ्याङ्क संकलन गरी निश्चित मापदण्डको आधारमा कृषकको वर्गीकरण गरी कृषक
परिचयपत्र वितरण गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
5. कृषि उपज तथा कृषिजन्य उत्पादनमा वृद्धि गर्न सिञ्चाई सुविधा प्रवर्धन गर्ने नीति अबलम्बन गरिनेछ ।
6. किसानको लागत मुल्य प्राप्तीको सुनिश्चताको लागी कृषि तथा पशु विमा कार्यक्रमलाई प्रोत्साहन गर्न
गाउँपालिकाले सहजीकरण गर्ने नीति अबलम्बन गरिनेछ ।
7. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ब्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट)विकास
कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।
8. एक गाउँ एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन हुने किसिमका कृषि गतिविधि सञ्चालन गर्ने नीति
अवलम्बन गरिने छ ।
9. संघीय सरकारको सहयोगमा आ.व. २०७७/७८ मा सञ्चालित साना व्यवसायी कृषि उत्पादन केन्द्र
(पकेट)बिकास कार्यक्रमलाई निरन्तरता दिदै आ.व. २०८०/८१ मा गहुँबालीको साना व्यवसायी कृषि
उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
10. माटो र जमिनको रक्षाका लागि रासायनिक मलमा मात्र निर्भर नभै गोठे मल, प्राङ्गगारिक मल
जैविक मल उत्पादन कार्यमा प्रोत्साहन गरिने छ ।
11. व्यवसायिक पशुपालक कृषकलाई उत्पादन बढाउनको लागि यान्त्रिकरण र मेसिनरी औजार लगायतका
समान अनुदानमा उपलब्ध गराईनेछ ।
12. आधुनिक कृषि व्यवसायबाट मात्र उत्पादन बढ्ने, रोजगारीको सृजना हुने हुँदा उत्पादनलाई बढावा दिदै
बजारीकरण गर्ने तथा उपलब्ध हाटबजारहरुको सुधार र उचित व्यवस्थापन गरिदै लगिनेछ ।
13. दीर्घकालिन कृषि योजनाले अवलम्बन गरेका नीतिहरुका आधारमा खाद्यान्यवाली,नगदेवाली,
तेलहनवाली, दलहनवाली, च्याउखेती, व्यवसायिक तरकारीखेती,माछापालन, कुखुरापालन तथा
पशुपालनको लागि नश्ल सुधार तथा धान र गहुँ वालीको पकेट क्षेत्रको रूपमा विकास गर्न संघीय र प्रदेश
सरकारको समेत सहयोगमा गाउँपालिकाले प्राथमिकता दिनेछ ।
14. कृषि विकास र उत्पादन वृद्धिका लागि सिञ्चाई सुविधा अभिवृद्धि हुने सबै सम्भावित कार्यमा
गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ ।
15. माछापालनको माध्यमबाट आयआर्जन वृद्धि तथा रोजगारीमा बृद्धि गर्नका लागि माछा पालनको क्षेत्र
विस्तार गर्न अभिप्रेरित गराई नयाँ पोखरी निर्माणमा अनुदान तथा पुराना पोखरी भएका कृषकहरुलाई
भुरा तथा उत्पादनमा अनुदान दिने नीति लिइने छ ।सघीय सरकारको सहयोगमा माछाको पकेट क्षेत्र
विकास र विस्तारको लागि किसानलाई अभिप्रेरित गरिनेछ ।

16. राज्यको कृषि सम्बन्धीनीति अनुसरण गर्दै कृषि वाली बीमा तथा पशु बीमाका कार्यक्रमहरुलाई
प्राथमिकताका साथ अगाडि बढाईनेछ ।
17. विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेको सीपको विवरण समेत रोजगार सेवा केन्द्रमा
अद्यावधिक गरी त्यस्तो जनशक्तिलाई स्थानीय तह भित्र उपलब्ध हुने निर्माण सेवा, व्यवसाय, उद्योग र
कृषि लगायतका क्षेत्रका रोजगारदातासँग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गर्ने व्यवस्था
मिलाईनेछ ।~
18. स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यमहरुको प्रवर्द्धन गर्न सीपमूलक तालिमको व्यवस्था
गरी उत्पादित वस्तुहरुको बजारीकरण सुनिश्चित हुने व्यवस्था मिलाइनेछ ।
19. आर्थिक रुपले अति विपन्न श्रमिक तथा मजदुरलाई रोजगारी उपलब्ध गराउन श्रममुलक प्रविधीको
प्रयोग गरी कार्यान्वयन गरिने आयोजनाहरु छनौटमा प्राथमिकता दिइने छ । प्रधानमन्त्री रोजगार
कार्यक्रम मार्फत रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारहरुलाई रोजगारिको अवसर प्रदान गरिनेछ ।
20. गाउँपालिकाभित्र सम्भावित नयाँ उद्योगहरु स्थापना गर्न लगानीमैत्री वातावरण वनाईनेछ । उद्योग र
व्यापारमा आवद्ध संस्थाहरुको सहकार्यमा गाउँपालिका भित्र सञ्चालन गर्न सकिने विभिन्न सम्भावित
उद्यमहरु पहिचान गरी उद्योग स्थापना गर्न लगानिकर्ताहरुलाई प्रोत्साहन गरिनेछ । लघुउद्यम विकास
कार्यक्रम मार्फत नयाँ लघु उद्यमी तयार गरिनेछ ।
21. गाउँपालिका भित्र रहेका सम्पूर्ण मजदुरहरुको अभिलेख राख्ने व्यवस्था मिलाईनेछ र मजदुरहरुको
स्वास्थ्य उपचार र उनीहरुका बालबालिकाकोशिक्षाको सुनिश्चितताको लागि कार्यविधि तयार गरी
मजदुर हित तथा कल्याणकोषको व्यवस्था गरिनेछ । सोको लागि औद्योगिक व्यवसायीहरुसँग सहकार्य,
समन्वय र सहयोगको वातावरण मिलाईनेछ ।
22. गाउँपालिकाभित्र रहेका ऐलानी, पर्ती , सार्वजनिक जग्गा, सार्वजनिक पोखरी, कुलो जस्ता सार्वजनिक
महत्वका सम्पत्तिको नक्साङ्कन र सिमाङ्कन गरी संरक्षण गर्ने नीति अबलम्बन गरिनेछ ।साथै पालिका
भित्रका पोखरी सुन्दरीकरण गरी आन्तरिक पर्यटनलाई बढावा दिईनेछ ।
23. सहकारीका सात सिद्धान्तको अनुसरण गर्दै सहकारी संघ संस्थालाई प्रोत्साहन हुने किसिमका कार्यहरु
संचालन गरि स्व-रोजगारलाई प्रवर्द्धन गरिनेछ । गाउँ- गाउँमा सहकारी घर घरमा रोजगारी राष्ट्रिय
नीतिलाई आत्मासाथ गरि सहकारीको प्रवर्द्धन र आत्मनिर्भर कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
सहकारीलाई तालिम प्राविधिक ज्ञान सीप सहितको क्षमता विकास गरिनेछ ।
24. यस गाउँपालिका क्षेत्रमा उद्योग,व्यवसाय र व्यापार संचालनमा गाउँपालिकाले सहयोगी र समन्वयकारी
भूमिका निभाउने छ । रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगारहरुलाई निजी क्षेत्रबाट समेत
रोजगारीको अवसर उपलब्ध गराई रोहिणी गाउँपालिकाभित्र सञ्चालित उद्योगहरुमा स्थानीयबासीको
अपनत्व सृजना गर्न र रोजगारीको अवसरबाट जीवनस्तर उठाउन मद्दत गर्न उद्योगी व्यवसायीहरुसँग
समन्वय र सहजीकरण गर्ने नीति अवलम्वन गरिनेछ ।साथै उद्योगहरुलाई आवश्यक पर्ने सीपयुक्त
जनशक्तिपूर्तिको लागि उद्योगहरुको सहकार्यमा सीपमुलक तालिमको व्यवस्थापन गरिनेछ ।
25. भूमिगत सिञ्चाई प्रणालीको निर्माण, सुधार, मर्मत सम्भार र सञ्चालन तथा सञ्चालनमा रहेका सिञ्चाई
बोरिङ्गहरुलाई आयोजना तथा उपभोक्ताहरु सँगको समन्वयमा मर्मत सम्भार, सञ्चालनलाई
नियमितता दिन आवश्यक सहजीकरण गरिनेछ ।हाल सञ्चालनमा रहेका तथा मर्मत सम्भार गरेर
सञ्चालनमा आउन सक्ने भैरहवा लुम्बनी भूमिगत जल परियोजना (भै.लु.भु.ज) का वोरिङ्गहरु
सञ्चालनमा ल्याइनेछ ।

26. संघीय सरकार र प्रदेश सरकारको सहयोगमा रोहिणी गाउँपालिकाका पोखरीहरु सुन्दरीकरण गरि
रमणीय वातावरणमैत्री पार्क, व्ययामशाला स्थापना र सञ्चालन गरि आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड
दिइनेछ ।
27. योजना तथा कार्यक्रम तर्जुमा गर्दा स्थानीय कच्चा पदार्थ, सीप र प्रविधीको प्रयोग हुने तथा रोजगारी
सिर्जना गर्ने आयोजना छनौटमा प्राथमिकता दिईनेछ ।

ख) सामाजिक विकास
स्वास्थ्यः
28. धकधईमा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन
(DPR) सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत भईसकेकोले यसै आर्थिक वर्षमा ठेक्का
प्रक्रियामा लगिनेछ ।
29. नेपाल सरकारको नीति अनुसार अत्यावश्क स्वास्थ्य सेवाको पहुँच एवं गुणस्तरीय सेवा प्रवाहका लागि
स्वास्थ्य सेवा पूर्वाधार विकास र नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपलब्ध गराउन
तोकिएका औषधीहरुको अभाव हुन दिईने छैन ।
30. औषधी, औषधीजन्य सामग्री र उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्रीहरुको खरिद प्रक्रियालाई
प्रभावकारी व्यावस्थित र गुणस्तरीय बनाईनेछ ।
31. गाउँपालिका भित्रका नागरिकहरुलाई असाध्य रोग लागेमा तथा दुर्घटना वा विपद्को कारणले गम्भीर
घाइते भएमा कार्यविधि बनाई राहत उपलब्ध गराउने नीति अवलम्बन गरिनेछ ।
32. स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउन सबै स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित रुपले सञ्चालन
गरिनेछ । पुराना स्वास्थ्य संस्थाहरुका भवनहरु लाई प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गर्दै
नयाँ ढाँचामा निर्माण गर्दै लगिनेछ ।
33. महामारी सम्भावित जोखिममा रहेका नागरिकहरुलाई सुरक्षित साथ होम आइसोलेसनमा बस्न
अभिप्रेरित गर्ने तथा स्वास्थ्यमा समस्या देखिनासाथ अस्पतालमा सम्पर्क राखि स्वास्थ्यकर्मीको सल्लाह
अनुसार आफ्नो जीवन रक्षा गर्न सजग रहन सबै नागरिकलाई अपिल गरिन्छ । बिरामीको उपचार र
सहयोगमा सधै तयारी अवस्थामा बस्ने नीति अवलम्बन गरिनेछ ।
34. गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइनेछ । रोहिणी गाउँपालिकाबाट
भैरहवासम्म जान र सबै स्वास्थ्य संस्थाबाट सुत्केरी पश्चात घरमा फर्कदा एम्बुलेन्स शुल्क नलाग्ने
व्यवस्था मिलाईनेछ ।
35. अस्पताल, स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईबाट प्रदान गर्ने खोप सेवा,सुरक्षित मातृत्व तथा प्रजनन
स्वास्थ्य, पोषण लगायतका जनस्वास्थ्य सेवाहरु र उपचारात्मक सेवाको लागि आवश्यकऔषधी
उपकरण तथा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिइ उचित व्यवस्थापन गरिनेछ ।
36. मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई
औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ अनुसार विरामीलाई सहायता
कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

37. खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभुत सेवा
सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरित गराई उचितरुपमा
परिचालन गरिनेछ ।
38. आमा र शिशुको स्वास्थ्यलाई ध्यान राखि बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन
प्रोत्साहन गर्ने र बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुति गराइएका रोहिणी गाउँपालिका भित्र स्थायी
बसोबास भएका सुत्केरी महिलालाई कार्यविधि बनाई श्रावण १ गते देखि नै कार्यान्वयन गर्ने गरी
उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम संचालन गरी पोषण सामाग्री उपलब्ध गराउने कार्यक्रमलाई
निरन्तरता दिइनेछ ।
39. गाउँपालिकाका सवै वडा तथा टोलहरुलाई नियमित खोप सुनिश्चितताका लागि जनस्वास्थ्य
कार्यालयसंगको समन्वयमा स्थानीय सामुदायिक संस्था, स्वास्थ्यकर्मी र महिला स्वयम् सेविकालाई अझ
बढी क्रियाशिल बनाईदै लागिनेछ ।

शिक्षाः-
40. "गुणस्तरीय शिक्षा रोहिणीको प्रतिबद्धता" भन्ने मुल ध्येय सहित सबै बालबालिकालाइ विद्यालयमा
अनिवार्य पठाउँ, सिकाउँ र टिकाउँ भन्ने अभियान सहित सामुदायिक तथा धार्मिक विद्यालयहरुमा
भौतिक पुर्वाधार विकाससँगै गुणस्तर वृद्धिमा जोड दिइनेछ र राम्रो नतिजा ल्याउने विद्यालयहरुलाई
क्रमशः पुरस्कृत तथा सम्मान गरिनेछ ।
41. शैक्षिक क्षेत्रलाई व्यवस्थित, प्रभावकारी, पारदर्शी र अनुमानयोग्य बनाउन तथा जनशक्ति व्यवस्थापन
गर्न गाउँपालिकाको शिक्षा नीति तथा आवधिक शैक्षिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
42. प्राविधिक शिक्षा आर्जन गरेका बिद्यार्थीहरुले सहज रुपमा रोजगारी प्राप्त गर्न सक्ने सम्भावना रहेकोले
संघ र प्रदेशको सहयोग र समन्वयमा प्राविधिक शिक्षाको विकास र बिस्तार गर्दै लगिनेछ ।
43. रोहिणी गाउँपालिकाको इतिहास, भूगोल, संस्कृति, चालचलन, रीतिरिवाज, भाषा, आर्थिक-सामाजिक,
क्रियाकलाप र पर्यटकीय स्थल झल्किने गरी स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिनेछ ।
44. सबै वर्गका बालबालिकाहरुको बिद्यालयमा पहुँच स्थापित गर्दै शैक्षिक गुणस्तरको सुनिश्चितता प्रदान
गरिनेछ । सबै बिद्यालयहरुमा बालमैत्री भौतिक पूर्वाधार निर्माणमार्फत संस्थागत सक्षमता अभिबृद्धि
गरिनेछ ।
45. प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गरी सबै सामूदायिक विद्यालयहरुलाई कलरकोड लागुगरी
रंगरोगन गरिनेछ ।
46. शिक्षकहरुको क्षमता विकास गर्नको लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
47. मुस्लिम समुदायका छात्र-छात्राहरुको शिक्षामा सहज पहुँच बृद्धि गर्न धार्मिक बिद्यालयहरु(मदरसा)को
भौतिक पूर्वाधार निर्माण र शैक्षिक वातावरण निर्माणमा ध्यान दिइनेछ ।
48. आजका बालबालिका भविश्यका कर्णधार हुन भन्ने यथार्थलाई आत्मसात गर्दै बालबालिकाको सर्वसुलभ
शिक्षा, स्वास्थ्य र पोषणमा ध्यान दिइनेछ । सार्वजनिक विद्यालयका बालबिकास देखि कक्षा ५ सम्मका
विद्यार्थीहरुलाई दिवाखाजाको ब्यवस्था गरिनेछ ।
49. सबै विद्यालयहरुको कार्यसम्पादन मुल्याङ्कन गरी विद्यालयको श्रेणी मापन गरिनेछ ।

50. विद्यालयमा कार्यरत जनशक्तिको मनोवल उच्च राख्ने कार्यलाई प्राथमिकता दिईनेछ । आवश्यकता
अनुसार कार्य क्षेत्र र जिम्मेवारी समेत हेरफेर गरी कर्तब्य प्रति लगनशील हुन अभिप्रेरित गरिनेछ ।
विद्यालय जनशक्तिको कार्यसम्पादनलाई नतीजासँग आवद्ध गर्नका लागि कार्यसम्पादन करार गरिनेछ ।
51. छात्राहरुलाई नियमित विद्यालय आउने वातावरण श्रृजना गरिने छ र संघीय सरकारको सहयोगमा
सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनिटरी प्याड निःशुल्क र भरपर्दो तरिकाबाट
उपलब्ध गराइनेछ ।
52. विद्यालय स्तरीय शिक्षामा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्दै पठ्न पाठनलाई गुणस्तरीय
एवम् समयानुकुल बनाइनेछ ।
53. संघीय सरकार र प्रदेश सरकारको सहयोगमा क्रमशः सबै मा.वि. हरुमा विज्ञान भवन र प्रयोगशालाको
उचित ब्यवस्था गरिने नीति लिईनेछ । विद्यालय छात्राको संख्या टिकाई राख्न छात्रा प्रोत्साहन कार्यक्रम
लागु गरिनेछ ।
54. शैक्षिक कार्यक्रमहरुलाई प्रभावकारी र पारदर्शी तरीकाले कार्यान्वयन गरिनेछ ।
55. विद्युतीकरण नभएका विद्यालयहरुमा विद्युत ब्यवस्थापन गरिनेछ ।
56. रोहिणी गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा अध्ययन गर्ने
विद्यार्थीहरुका लागि निःशुल्क शिक्षा सञ्चालन गरिनेछ ।यसबाट गाउँपालिका भित्रकै शैक्षिक
संस्थाहरुमा अध्ययन गर्ने परिपाटीको विकास हुनेछ ।
57. वातावरण मैत्री तथा हरित विद्यालय सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
58. अभिभावक, शिक्षक, विद्यार्थी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
59. बालवालिकाको प्रतिभा प्रस्फुटनका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
अन्तरपालिका र जिल्ला स्तरमा प्रतिस्पर्धा गरि नाम राख्ने विद्यार्थीलाई प्रोत्साहन दिइनेछ ।
युवा तथा खेलकुदः
60. जिल्ला खेलकूद विकास समिती एवम् खेलकूद विकाससँग सम्बन्धित संघ संस्थाहरुसंग समन्वय र
सहकार्य गरी खेलकूद विकासका लागि खेलकूद कार्यक्रम सञ्चालन, खेल मैदान निर्माण, सामाग्री वितरण
एवम् राष्ट्रिय तथा क्षेत्रीय स्तरमा सञ्चालित प्रतियोगिमा सहभागी हुने खेलाडीहरुलाई प्रोत्साहन
गरिनेछ ।
61. राष्ट्रका लागि खेलकूद र स्वास्थ्यका लागि खेलकूद भन्ने मान्यता अनुसार युवा केन्द्रित खेलकूद कार्यक्रम
सञ्चालन गरिनेछ ।
62. अध्यक्षकप क्रिकेट तथा उपाध्यक्ष कप भलिवल प्रतियोगिता सञ्चालन गरी खेल संस्कृतको विकास
गरिनेछ ।
63. विद्यालय स्तरका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु
सञ्चालन गरिनेछ ।
64. युवाहरुमा उद्यमशीलता, सृजनशीलता एवम् सकारात्मक सोचको विकास गर्ने अभिप्रायका साथ सोही
अनुरुपका सीप र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै लगिनेछ ।

खानेपानी तथा सरसफाईः-
65. सवैका लागि स्वच्छ खानेपानी सुविधा पुर्‍याउन खानेपानीका लागि भूमिगत पानीको व्यवस्था सहित
ओभरहेड ट्याङकी निर्माण गरी स्वच्छ खानेपानी ब्यवस्थापन गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध
गरिनेछ ।धकधई खानेपानी आयोजना लगायत रोहिणीका उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने
आयोजनाहरुलाई विस्तार गर्न पहल गरिनेछ ।
66. एक घर एक धारा कार्यक्रम लागू गरिनेछ । समूदायको प्रत्यक्ष संलग्नतामा खानेपानीको व्यवस्थापन
गरिनेछ ।
67. खुला दिसामुक्त गाउँपालिका भैसकेकोले टोल विकास संस्थाहरु र समुदायको अगुवाई र सक्रियतामा पूर्ण
सरसफाईका क्रियाकलापहरु आरम्भ गरिनेछ । हाम्रो रोहिणी सुन्दर र सफा रोहिणी भन्ने नाराका साथ
सरसफाईलाई सभ्यता र स्वास्थ्यको दृष्टिकोणबाट हेर्न जनमानसलाई सचेत गराईनेछ ।
68. गाउँपालिकाले खानेपानी तथा सरसफाईका सम्बन्धमा तयार गरिएको रणनीतिक योजनाले मार्गदर्शन
गरे बमोजिमका कार्यक्रमहरु कार्वान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
महिला बालबालिका ज्येष्ठ नागरिक लगायत लक्षित समुदायः
69. आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मुस्लिम,
पिछडावर्ग, अपांङ्गता भएका व्यक्ति लगायतका वर्ग तथा समुदायलाई सीपमूलक ,आयमुलक र
रोजगारमुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
70. महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र वहिष्करण अन्त्यका लागि लैंगिक समानता तथा
महिला सशक्तिकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
71. पालिका भित्रका वर्थिङ सेन्टरमा नयाँ जन्म हुने वालवालिकाहरुलाई वालीका बिमा कार्यक्रम लागु
गरिनेछ ।
72. अपाङ्गताको प्रकृति अनुरुप आय आर्जनको लागि तालिम तथा सुविधाजनक सामग्री वितरणको
ब्यवस्था मिलाईनेछ ।
73. सवै वडा तथा टोलहरुलाई बालमैत्री घोषणा गर्न आवश्यक कार्यहरु गरिनेछ ।
74. राष्ट्रिय सांस्कृतिक धरोहर लगायत विभिन्न जाती र समुदायका परम्परागत सम्पदाहरुको संरक्षण र
सम्वर्द्धन गर्ने कार्यलाई जोड दिइनेछ।
75. छुवाछुत मुक्त समाज निर्माण र जातीय विभेद मुक्तिका लागि जनचेतना र पहुँच अभिवृद्धि कार्यक्रम
सञ्चालन गरिनेछ ।
76. अपांङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर र स्वाभिमान बनाउनका लागि समान अवसर तथा सेवा
सुविधामा पहुँच बढाउन उनीहरुको सहयोग पुग्ने किसिमका कार्यक्रमहरु सञ्चालन गरिने छ । घर परिवार
र समाजमा फरक क्षमता भएका ब्यक्तिलाई माया गर्ने वातावरण श्रृजना गर्न सचेतनामुलक कार्यक्रम
सञ्चालन गरिनेछ ।
77. जेष्ठ नागरिकहरुको आधारभुत अधिकारको संरक्षण गर्दै उनीहरुको लागि सम्मानजनक तथा सन्तुष्टिपूर्वक
जीवनयापनका आवश्यक कार्यक्रम कार्वान्यन गर्ने तर्फ जोड दिइने छ । जेष्ठ नागरिकलाई माया र सम्मान
गर्ने नीति लिईनेछ ।
78. रोहिणी गाउँपालिका भित्रका ६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका विरामीहरुका लागि
निःशुल्क आधारभुत औषधी उपलब्ध गराउने नीति अवलम्वन गरिनेछ ।

79. ज्येष्ठ नागरिक (८० वर्ष भन्दा माथि) का र क वर्गका अपाङ्गहरुका लागि कार्यतालिका बनाई
स्वास्थ्यकर्मीद्धारा घरदैलो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिनेछ ।
80. घर नभएका अति विपन्न परिवारलाई संघीय र प्रदेश सरकारको सहयोग र समन्वयमा तथा
गाउँपालिकाको समेत आफ्नै लगानीमा घर निर्माण गराई नागरिकहरुको आवासको सुनिश्चितता प्रदान
गर्ने नीति लिईने छ ।सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको शुरुबाट नै कार्यान्वयन गर्न
पहल गरिनेछ ।खर/फुसको छाना मुक्त पालिका घोषणा गरिनेछ ।
81. सीमान्तकृत विपन्न तथा अति गरीवहरुका लागि आयआर्जन सम्बन्धी सीपमुलक कार्यक्रम गरिनेछ ।
82. आदिबासी जनजातीको भाषा,संस्कृति संरक्षण र सम्वर्द्धन गरिनेछ ।
83. दलित वर्गको उत्थान,विकास, संरक्षण, सम्वर्द्धन, सशक्तीकरण र आयआर्जनका लागि जोड दिईनेछ ।
84. मुस्लिम तथा पिछडिएका वर्गको आय आर्जन, सीप विकास जस्ता प्रत्यक्ष फाईदा प'ग्ने कार्यक्रमहरु
सञ्चालन गरिनेछ ।
85. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सवै किसिमका
अन्याय र अत्याचारको अन्त्यको लागि पहल गरिनेछ ।
86. सबै जात,जाति वर्ग समुदायको धर्म, संस्कृतिको सम्मान र संरक्षण गरिनेछ ।

सामाजिक सुरक्षा तथा संरक्षणः-
87. भूमिहीन दलित,भूमिहीन सुकुम्बासी, अव्यवस्थित नागरिकहरुको लगत संकलन गरी आयोगमा
सिफारिस गर्ने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।साथै मालपोत र नापी कार्यालय संग
संमन्वय गरी गाउँव्लकका जग्गामा बसोबास गरिरहेका नागरिकलाई जग्गा धनी प्रमाण पुर्जा उपलब्ध
गराईनेछ ।
88. बैंकहरुसँगको समन्वय र सहकार्यमा सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत अझ सरल र छिटो तरिकाले
भुक्तानी गर्ने ब्यवस्था मिलाइनेछ । छिटो,छरितो र सुलभ तरिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने
बैंकहरूलाई सम्मान गरिने छ ।

ग_पूर्वाधार विकासः
89. विकासका पूर्वाधारमा सडक पहिलो शर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइनेछ ।
सडक स्तरोन्नतीसँगै नाली निर्माण गरिनेछ ।
90. सडकको चौडाई न्यूनतम ६ मिटर कायम गर्न सबैलाई अभिप्रेरित गरिनेछ । सबै सडकहरुको मापदण्ड
निर्माण र नामाकरण गरिनेछ ।
91. सडकको क्षेत्राधिकार (चौडाई) पुर्याउने दायित्व सडकको दायाँ वायाँ घर जग्गा हुने नागरिकको हुने हुंदा
सबै नागरिकहरुलाई सकारात्क सोँच, भावना र बिचार सहित विकास निर्माणमा पूर्णरुपमा सघाउ
पुर्‍याउन गाउँपालिका हार्दिक अनुरोध गर्दछ । यदि ठूलो विवाद भई योजना कार्यान्वयन हुन नसक्ने
वातावरण सृजना भएमा त्यस्तो योजनालाई विवादरहित क्षेत्रमा कार्यान्वयन गर्ने नीति अवलम्वन
गरिनेछ ।

92. रोहिणी गाउँपालिकाको आधुनिक प्रविधिमैत्री सुविधा सम्पन्न प्रशासकीय भवनको यसै वर्षबाट ठेक्का भई
काम शुरुवात गरिनेछ । जसका लागि लागत साझेदारीमा नेपाल सरकार, जिल्ला समन्वय समित र
पालिकाले आर्थिक व्यवस्थापन गरी निर्माण गरिनेछ ।
93. गाउँपालिका क्षेत्रभित्र सडक सञ्जाल निर्माणका लागि सडक गूरुयोजना तयार गरी व्यवस्थित र
योजनाबद्ध तरीकाले स्तरीय सडक सञ्जाल निमार्ण गरिने नीति अनुसरण गरिनेछ
94. मापदण्ड विपरीत बनेका सडकहरुमा गाउँपालिकाको लगानीलाई निरुत्साहन गरिनेछ । हाल
सञ्चालनमा रहेका सडकहरुलाई क्रमशः मापदण्डको दायरामा ल्याउन पहल गरिनेछ
95. विद्युत वितरण प्रणालीलाई प्रभावकारी बनाउन विद्युत प्राधिकरणसँग समन्वय गरी आवश्यकता
अनुसार ट्रान्सफर्मरको क्षमता वृद्धि, थप तथा लाईन विस्तार गरी सबै घरहरुमा र वस्तीहरुमा विद्युतीय
सेवा पुर्याउने नीति लिइनेछ ।
96. बैकल्पिक उर्जा समेतको प्रयोग गर्दै गाउँपालिकाका बजार क्षेत्रहरुमा उज्यालो रोहीणी कार्यक्रमलाई
निरन्तरता दिइनेछ ।
97. मर्मत सम्भार कोषको व्यवस्था गरी मौसम तथा अन्य गतिविधीबाट क्षयीकरण हुने पूर्वाधार तथा
ग्रामीण सडकहरुको मर्मत सम्भार व्यवस्था गरिनेछ ।
98. भैरहवा विशेष अर्थिक क्षेत्र (SEZ) भित्र निर्माण भएका र अब निर्माण हुने भवनहरुको नक्सा पास
कार्यलाई ब्यवस्थित रुपमा कार्यान्वयनमा ल्याइनेछ । उद्योग ब्यवसायलाई सहज बनाउन उक्त क्षेत्रभित्र
निर्माण भएका र नयाँ निर्माण हुने भवनहरुको नक्सा पास प्रकृयालाई अझ बढी सहज र सहुलियतपूर्ण
बनाउने नीति लिइनेछ ।
99. रोहिणी गाउँपालिकाको ब्यवस्थित रुपमा विकास गर्न प्रदेश तथा संघीय सरकारसँग योजना माग गर्दा
आवश्यकता अनुसार परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (DPR)तयार गरिनेछ ।
घ) वातावरण तथा विपद व्यवस्थापनः-
100. प्राकृतिक तथा मानवीय कारणले हुने महामारी तथा विपदहरुको रोकथाम तथा न्यूननीकरणको
लागि पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभका कार्यक्रम सञ्चालन गर्न स्थानीय विपद\ व्यवस्थापन कोषमा
आवश्यक बजेटको व्यवस्थापन गरी प्रभावकारी रुपमा विपदको व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता
दिइनेछ। विपद् सामाग्री वितरणमा एकीकृत व्यवस्था गरिनेछ ।
101. पूर्वाधार विकासका क्रियाकलापहरु सञ्चालन गर्दा विपद\ जोखिम संवेदनशीलतालाई
केन्द्रविन्दुमा राखी कार्यान्वयन गर्न सघाउ पुग्ने गरी डिजाइन तथा इष्टिमेट गर्ने व्यवस्था मिलाइनेछ ।
102. २०७७ श्रावण १ गते देखि यस गाउँपालिका भित्र लागु भएको नयाँ घर बनाउदा अनिवार्य
रुपमा नक्सा पास गर्ने र पुराना घरहरुको अभिलेखिकरण गर्ने कार्यपालाई ब्यवस्थित गर्दै लगिनेछ।नयाँ
भवन नर्माण गर्दा अनिवार्य रुपमा राष्ट्रिय भवन संहिता पालना गर्नु पर्ने तथा पुराना भवनमा तला थप
गर्दा राष्ट्रिय भवन संहिता अनुसार मात्र अनुमति दिइनेछ ।
103. हरियो रोहिणी कार्यक्रमलाई शुरुवात गर्न आद्युनिक नर्सरी स्थापनामा जोड दिई सार्वजनिक
जग्गा,ऐतिहासिक स्थलहरु,नदी किनार, नदी उकास, नहर तथा सडक किनारमा वृक्षारोपण कार्यक्रम
संचालन गरिनेछ यसबाट रोजगारीको सृजना हुनुका साथै वातावरण संरक्षणमा सघाउ पुग्नेछ।
104. जलवायू परिवतर्नका असरहरुलाई न्युनिकरण गर्नका लागि अनुकुलन कार्यहरु गर्दै वातावरण
संरक्षण गर्ने नीति अवलम्वन गरिनेछ ।

105. नदीजन्य पदार्थको उपभोग गर्दा आवश्यकता अनुसार EIA तथा IEE गराई मापदण्डको
परिपालना गर्ने गराउने नीति लिईनेछ र नदी किनारामा वृक्षारोपण तथा तटबन्ध गरिनेछ ।
106. एक गाउँ एक पोखरी नीति अनुरुपको कार्यक्रमलाई कार्यान्वयन गरिनेछ । धार्मिक तथा
ऐतिहासिक महत्व बोकेका पोखरीहरुको संरक्षण र सम्वर्द्धन तथा सुन्दरीकरण गर्ने नीति अपनाइनेछ ।
107. प्रत्येक वडामा १-१ वटा उद्यानको स्थापना गर्ने नीति अनुसरण गर्दै स्वच्छ र हराभरा
रोहिणीको कार्यक्रम संचालन गरिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उद्यान स्थापना र
सार्वजनिक पोखरी सुन्दरीकरण गर्ने योजनालाई प्राथमिकतामा राखिनेछ ।
108. गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलहरुको संरक्षण र सम्वर्द्धनका लागि योजना बनाई
सरोकारवालाहरुको सहभागिता जुटाई वृक्षारोपणका कार्यक्रम क्रमशः सञ्चालन गरिनेछ
109. वारुण यन्त्रको व्यवस्थापन तथा सञ्चालन गर्न छिमेकी नगरपालिका, गाउँपालिका, प्रदेश र
केन्द्रहरुसँग समन्वय गरी आवश्यक कार्यक्रम अगाडि बढाइनेछ ।
110. नेपाल सरकारले मिति २०७८ श्रावण १ गतेदेखि लागू हुनेगरि गरेको प्लाष्टिकजन्य पदार्थबाट
हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४0 माईक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन आयात बिक्री
बितरण र प्रयोगमा पूर्णरुपमा प्रतिवन्ध लगाउने निर्णयलाई रोहिणी गाउँपालिका भरि पूर्णरुपमा
कार्यान्वयन गर्ने नीति अवलम्बन गरिनेछ ।
111. विपद् आउन नदिन जनचेतना अभिवृद्धि गर्ने तथा विपद् आइपरेमा राहत,पुर्नस्थापना तथा
उद्दार कार्य गर्न विपद्व्वस्थापन कोषको माध्यमबाट उद्दार सामग्री सहितको व्यवस्था गरिनेछ ।
112. गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन रणनीतिक प्रतिकार्य योजना तर्जुमा गरि विपद्
न्यूनीकरण गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।
113. फोहरमैला व्यवस्थापनको लागि सम्भाव्यता अध्यनन गरी उपयुक्त स्थानको पहिचान गरी
क्रमशः व्यवस्थित रुपमा कार्वान्वयन गर्दै लगिनेछ
ङ) सुशासन तथा संस्थागत विकास
114. कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत शाखा वा इकाईको सेवा प्रवाहलाई
सूचना प्रविधिमैत्री बनाउदैलगिनेछ । सबै कर्मचारीहरुलाई कम्प्यूटरको आधारभूतज्ञान र सीपको
विकास गराईनेछ ।कार्यालयका सबै कागजी फाइललाई क्रमशः कम्प्यूटर प्रणालीमा लगि सुरक्षित
अभिलेखीकरण गरिनेछ ।
115. गाउँपालिका र अन्तर्गतको बर्तमान संगठन संरचनालाई आवश्यकता र औचित्यको आधारमा
परिमार्जन गरि नयाँ संगठन संरचना निर्माण गरि सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ ।
116. बजेट योजना र नीतिहरुलाई कार्यान्वयन गर्न मध्यमकालीन खर्च संरचना (MTEF), दिगो
विकासका लक्ष्यहरु, लैङ्गिक उत्तरदायी बजेट र जलवायु अनुकुलन कार्ययोजनासँग आन्तरिकीकरण
गरिनेछ ।
117. स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन(LISA) कार्यविधीले निर्दिष्ठ गरेका बिषयक्षेत्रहरु,
सूचक र मापदण्डहरुको प्रभावकारी कार्यान्यन गरि आ.व. २०७7/७8 मा गाउँपालिकाले प्राप्त गरेका
प्राप्ताङ्क प्रतिशतलाई बढोत्तरी गर्दै लैजानका लागि आवश्यक नीति र कार्यक्रमहरु संचालन गरिनेछ ।
यसवाट गाउँपालिकाको संस्थागत क्षमता सुदृढ भइ सार्वजनिक सेवा प्रवाह स्वच्छ, सक्षम, प्रतिस्पर्धी,

निस्पक्ष, पारदर्शि, सुशासन युक्त र जनअपेक्षाअनुकुल भई सेवामा जनताको समान र सहज पहुँच
स्थापित हुनेछ ।
118. अनुत्पादक खर्चहरु कटौती गर्ने नीति अवलम्बन गरिनेछ। खरिद प्रकृयालाई पारदर्शी,
प्रतिस्पर्धी एवं मितव्यीताको लागि सार्वजनिक खर्चमा मितव्ययीता सम्बन्धी निर्देशिका २०७७ को
पालना गरिनेछ ।विद्युतीय बोलपत्रको अनुसरण गरिनेछ ।
119. खरिद तथा सम्पत्तिको अभिलेख व्यवस्थापनको लागि महालेखा नियन्त्रक कार्यालयले
कार्यन्वयनमा ल्याएको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली को(PAMS)कार्यान्वयन गरिनेछ ।
120. कर्मचारी क्षमता विकास प्रविधिमैत्री मुस्कान सहितको सेवालाई प्राथमिकतामा राखिनेछ ।
121. गाउँपालिकाले सम्पादन गरेका सम्पूर्ण कार्यसम्पादनहरुलाई समेटेर स्मारिका प्रकाशित गरिनेछ

122. राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहकार्यमा सामाजिक सुरक्षा तथा व्यक्तिगत
घटना दर्ता प्रणाली सुदृढीकरण गरि व्यवस्थित र अद्यावधिक गरिने नीति अवलम्बन गरिनेछ ।रोहिणी
गाउँपालिकालाई विश्व सामु चिनाउन लुम्बिनी विकास कोष संग समन्वय गरी रोहिणी सभ्यता विकास
तथा प्रवद्धन गुरुयोजना बनाई लागु गरिनेछ ।
123. "समयमा कर तिरौं गाउँपालिकाको विकासमा सहभागी बनौं" भन्ने नारालाई सार्थक बनाउन
करदाता शिक्षा, कर सप्ताह जस्ता चेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
124. प्राकृतिक श्रोत तथा नदीजन्य पदार्थहरुको उचित व्यवस्थापनगरी आन्तरिक राजस्व बढाउने
तथा करका दायराहरुबढाई गाउँपालिकाको आय श्रोत वृद्धि गर्दै लैजाने नीति अनुसरण गरिनेछ।
125. जनताको सर्वोपरी हितलाई ध्यानमा राखी कानूनले अधिकार प्रदान गरेका न्यायीक कार्यलाई
व्यवस्थित विश्वास योग्य, पारदर्शी बनाउदै लगिने छ । मेलमिलापकको माध्यमबाट समाजमा सामाजिक
सहिष्णुता बढाउने विषयलाई जोड दिइनेछ ।
126. रोहिणी गाउँपालिकाद्वारा निर्मित मेलमिलाप सम्बन्धी कार्यविधी २०७८ लाई
प्रभावकारीरुपमा कार्यान्वयन गरि न्यायसम्पादनलाई व्यवस्थित गरिनेछ ।
127. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सवै
किसिमका अन्याय र अत्याचारको अन्त्यको लागि पहल गरिनेछ।
128. सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार गर्दै सूचना तथा सञ्चार प्रविधि विकासमा
जोड दिईनेछ ।
129. गाउँपालिकाले सम्पादन गरेका कामका सबै गतिविधिहरुलाई Websiteमा नियमितरुपमा
प्रविष्ठ गरी सबैको सूचना पाउने हकको सुनिश्चितता प्रदान गरिनेछ ।
130. नियमित र प्रभावकारी बजार अनुगमनको माध्यमबाट गुणस्तर, नापतौल, खाद्य सुरक्षा र
उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरु व्यवस्थित गरिनेछ ।
131. गाउँपालिका तथा वडामा सञ्चालन हुने सबै बैठक तथा कार्यक्रमहरु व्यवस्थित तथा मर्यादित
रुपले सञ्चालन गरिनेछ ।
132. सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई जस्ता क्रियाकलापको
माध्यमबाट पारदर्शिता अभिवृद्धि गर्दै लगिनेछ ।
133. सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी बनाउन नियमित रुपमा अडियो नोटिस बोर्ड सेवा
वेवसाईट सेवा सञ्चालन, डिजिटल नागरिक वडापत्र तथा सुचना पार्टी सञ्चालन, हाम्रो रोहिणी राम्रो

रोहिणी कार्यक्रम सञ्चालन तथा गाउँपालिकाको पाश्र्वचित्र प्रकाशन, लगायतका सूचना सामाग्रीहरूको
प्रकाशन तथा वितरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
134. योजना, जिन्सी लगायतका क्षेत्रमा क्रमशः सप्टवेयर मार्फत ब्यवस्थापन गर्ने, आवश्यक
स्थानहरुमा सि.सी.टि.भि क्यामरा जडान, सञ्चार माध्यमबाट विद्युतिय सिकाई, गाउँपालिकाका, वडा
कार्यालय, विद्यालयहरु, स्वास्थ्य संस्थाहरुमा क्रमशः ईन्टरनेट सुविधाको ब्यवस्थापन गर्दै जाने नीति
लिइनेछ ।
135. गुनासो सुनुवाई इकाईको व्यवस्था गरी जनगुनासोलाई समयमै व्यवस्थापन गर्ने कार्य गरिनेछ ।‌
136. गाउँपालिकाको हरेक वडाको कार्यसम्पादन लाई विद्युतीयमाध्यमबाट सञ्चालन गरिनेछ ।
प्रत्येक वडामा विद्युत र ईन्टरनेट सुविधालाई व्यवस्थित गरिनेछ ।
137. उपभोक्ता समितिको क्षमता अभिवृद्धि गरिनेछ । उपभोक्ता समिति तथा अन्य विभिन्न संघ
संस्थाद्धारा सञ्चालन गरिने कार्यक्रमहरुमा स्वीकृत लागत अनुमान बमोजिम नगदमा आधारित
जनसहभागितालाई जोड दिदै लगिनेछ । खरिद विधिको पालना गर्न अभिप्रेरित गरिनेछ ।
138. गाउँपालिका,वडा कार्यालयहरु, विषयगत शाखाहरु, स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै
कर्मचारीहरुलाई आचरण र अनुशासन पूर्णरुपमा पालना गर्दै मुस्कान सहितको सेवा प्रवाह गर्न
अभिप्रेरित गरिनेछ ।‍औचित्य र आवश्यकता आधारमा परिमार्जन गरी नियमानुसार जिम्मेवारीमा
हेरफेर गरी सबैलाई सबै काम गर्न सक्ने गरी सक्षम बनाईनेछ ।
139. सबै कर्मचारीहरुको कार्य विवरण ,काम,कर्तब्य र अधिकार तथा कार्य सम्पादन सम्झौता,
जिम्मेवारीमा हेरफेर गर्ने लगायतका विषयमा कार्यविधि बनाई कार्यान्वयन गरिने छ ।साविकको
स्थानीय निकायमा स्थायी नियुक्ति पाई हाल यस गाउँपालिकामा समायोजन भएका कर्मचारीहरुको
बृत्ति विकासको लागि आवश्यक कानून बनाई लागु गरिनेछ ।
140. कर्मचारी र राजनीति वीचको अन्तरसम्बन्धलाई सेवाप्रवाहसँग आवद्ध गरिनेछ।
अन्तरसम्बन्धलाई ब्यवस्थित गर्न जनप्रतिनिधीहरु र कर्मचारीहरूको काम कर्तब्य र अधिकारलाई
अहस्तक्षेपकारी तरीकाले समन्वयात्मक ढङ्गबाट गर्ने नीति अबलम्वन गरिनेछ ।
141. "शाखा-शाखा बीच, वडा-वडा वीच, एक अर्को संस्थाहरु वीच समन्वय र सहकार्य रोहिणी
गाउँपालिकाको नयाँ संस्कार"भन्ने मान्यताका साथ सबैलाई सकारात्मक सोच तथा उच्च मनोबलका साथ
सेवाप्रवाहमा लाग्न अभिप्रेरित गरिनेछ ।
142. आन्तरिक नियन्त्रण प्रणाली अवलम्वन गर्दै आन्तरिक तथा अन्तिम लेखा परीक्षण समयमै सम्पन्न
गराउदै बेरुजु फर्छ्यौट कार्यलाई प्राथमिकता दिइनेछ ।
143. संघीय सरकार र प्रदेशसरकारसँगको सहकार्यमा सञ्चालन हुने योजनाको लागि समपुरक
रकमको ब्यवस्था गरिनेछ ।
144. संघ, प्रदेशसँग समन्वयको आधारमा स्थानीय सरकार सँचालन हुनेछ । ठूला योजनाहरु संघ र
प्रदेश सरकारसँगको सहभागितामा सञ्चालन गर्ने नीति अबलम्वन गरिनेछ।
145. राम्रो काम गर्ने उपभोक्ता समिति र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार तथा सम्मानको
ब्यवस्था गरिनेछ ।
146. गाउँपालिका निवासी जनताको चेतना स्तर बढाउन विभिन्न चेतनामूलक कार्यक्ररमहरू
सञ्चालन गरिनेछ ।

147. गाउँपालिका क्षेत्रमा आवश्यक शान्ति तथा सुव्यवस्था कायम गरी गाउँपालिका एवं गाउँक्षेत्र
भित्रको सार्वजनिक सम्पत्तिको सुरक्षा एवं संरक्षण गर्न, अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको
अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्न नगर प्रहरीको व्यवस्था गर्ने नीति लिइनेछ ।
148. स्थानीय सरकारलाई प्रभावकारी सञ्चालनका लागि आवश्यक पर्ने ऐन, नियम र कार्यविधि
बनाइ कार्यान्वयन गरिनेछ ।

प्रकाशित मिति: २०२३-०७-१३ , समय : २०:५६:२९ , ७ महिना अगाडि