एमालेको सचिवालय बैठक आज बस्दै

रुपन्देही खबर , ९५  पटक हेरिएको

काठमाडौं,असार ३०

पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा एमालेको सचिवालय बैठक शनिवार बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिवार दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजन अनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ ।

यसअघि पार्टीको गतिविधि र सचिवालय बैठकको तयारीबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई दिन पार्टीका उपाध्यक्षहरुसँग छलफल गरेका थिए ।

प्रकाशित मिति: २०२३-०७-१५ , समय : ०९:४८:५० , १२ महिना अगाडि