कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

रुपन्देही खबर , १६८  पटक हेरिएको

सुर्खेत,साउन १

कर्णाली प्रदेश सरकारले आज साउन १ गते सार्वजनिक बिदा दिएको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार नै सार्वजनिक बिदाको सूचना जारी गरेको थियो । साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिनु भएको छ ।

प्रदेश सरकारको २०७८ चैत २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २०२३-०७-१७ , समय : ०७:२५:४२ , ९ महिना अगाडि