रोहिणीका खददुस गद्दी कांग्रेस परित्याग गरी जसपामा प्रवेश

रुपन्देही खबर , २१४  पटक हेरिएको

भैरहवा, साउन २

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६, बोधवार निवासी खददुस गद्दी नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी नेपाल जसपामा प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेस रोहिणी गाउँपालिका वडा नम्बर ६ को वार्ड सदस्य रहनु भएको गद्दी आज मंगलबार नेपाली कांग्रेस परित्याग गरी जसपामा प्रवेश गर्नु भएको हो ।

गद्दीलाई जसपाका संघीय परिषद् सदस्य तथा रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, नेता कान्छा कोहार लगायतले पार्टीमा स्वागत गर्दै बधाई समेत दिनुभएको थियो ।

प्रकाशित मिति: २०२३-०७-१८ , समय : १०:३४:३५ , ९ महिना अगाडि