जनमत पार्टीको केन्द्रीय समितिमा रुपन्देहीबाट को को परे?

रुपन्देही खबर , ६१४  पटक हेरिएको

भैरहवा, साउन २

सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले असार २९ गते केन्द्रीय समिति विस्तार गरेको हो । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिनु भएको छ । । उहाका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन ।

यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ । पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ । यसैगरी शरद सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ ।

यता जनमत पार्टीले केन्द्रिय समिती बिस्तार गर्दा रुपन्देहीबाट केन्द्रिय सदस्यमा रामु यादव, कृष्ण कोहार, जितेन्द्र नाथ शुक्ल, सन्जय मिश्र, निलम कुमारी यादव, राम अवध गुप्ता, किरन गुप्ता, बिनोद पासवान, शम्भु यादव, बिष्णु लोध , बिकास प्रसाद लोध, अर्जुन जयसवाल र राजेन्द्र गुप्ता लगायत मनोनित भएका छन भने केन्द्रीय सचिवालयको सचिवमा भोपेन्द्र प्रसाद यादव, रामकेश गुप्ता, निलम पासवान निर्मला हरिजन चयन हुनु भएको केन्द्रिय सदस्य रामु यादवले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०७-१८ , समय : ११:१५:२३ , १ वर्ष अगाडि