बर्दघाटमा नेकपा एमालेका नयां सांगठनिक सदस्यहरुले सपथ ग्रहण गरे

रामु भुषाल , २२०  पटक हेरिएको

बर्दघाट, भदौ २

देशमा सहि नेतृत्व गर्ने पार्टी भनेको नेकपा एमाले मात्र रहेकोले अहिले सो पार्टीलाई सबै दलहरुले घेराबन्दी गरेको हुदा पार्टीका सम्पुर्ण सदस्यहरुले सक्रियताका साथ प्रतिबाद गर्नुपर्ने नेकपा एमालेका केन्द्रिय सदस्य एवं सघिंय सासंद बलराम अधिकारीले बताउनु भयको छ ।

शनिबार पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित नेकपा एमालेका नयां सांगठनिक सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा बोल्दै सासंद अधिकारीले सो कुरा बताउनुभएको हो । नेकपा एमाले नवलपरासीका ईन्चार्ज समेत रहनुभएका अधिकारीले केही समय माओबादी संग एकता गर्दा पार्टीलाई ठुलो क्षति पुगेको र पार्टीका सदस्य समेत विचलित भएको बताउदै अब भने पार्टीले देश र जनताका लागी विशेष योजना अगाडी सार्दै संगठनलाई अझ मजबुत बनाउने लक्ष्यका साथ अगाडी बढेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी, प्रदेश कमिटि सदस्य एदशेव पाण्डे, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, जिल्ला सचिव धिरज शर्मा बस्याल, अनेम संघकी केन्द्रिय सदस्य राधा ढकाल, जिल्ला सल्लाहकार संयोजक टेक बहादुर आरसि लगायतले प्रशिक्षणात्मक मन्तब्य राख्नुभएको थियो ।

सो अवसरमा बर्दघाट नगरपालिका भित्रका २ सय १० जना पार्टीका नयां सांगठनिक सदस्यहरुलाइ कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद अधिकारीले सपथ ग्रहण गराउनुभएको थियो ।
नेकपा एमाले बर्दघाट नगरपालिकामा कुल १६ सय बढी सांगठनिक सदस्यहरु रहेको नेकपा एमाले बर्दघाट नगर ईन्चार्ज ईश्वरी घिमिरेले जानकारी दिनुभयो । बर्दघाट नगर कमिटि अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपाध्यक्ष शिवदेश न्यौपानकोे स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन नगर सचिव कृष्ण गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०८-१९ , समय : २१:०५:४६ , ६ महिना अगाडि