कृष्णनगर नगरपालिकाका नवनिर्वाचित नगर कार्यपालिका सदस्यहरुले सपथ ग्रहण गरे

अजय मिश्र , ५६५  पटक हेरिएको

कृष्णनगर, जेष्ठ २०

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले निर्वाचित नगर कार्यपालिका सदस्यलाई आज एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन् ।

कृष्णनगर नगर कार्यपालिका सदस्यमा निर्वाचित ज्योति कोरी, गौरि शंकर हरिजन, विद्यावती कोहार, रामलाल बढ्ई, राम किशोर बरई, इन्द्रावती भर, शुशीला नाउ, सोमना पासीलाई नगर प्रमुख शाहले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

 

कृष्णनगर नगरपालिका उप प्रमुखआरती देवी चौधरी ,प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, योजना शाखा प्रमुख साकिर अहमद शाह, राजेश मिश्र, नागेश्वर मिश्र कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संचालन योजना शाखा प्रमुख साकिर अहमद शाहले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२२-०६-०३ , समय : १६:५४:०८ , २ वर्ष अगाडि