नवलपरासीमा लागु औषधसहित दाङका केसी पक्राउ

रुपन्देही खबर , २८६  पटक हेरिएको

भैरहवा, भदौ ३१

जिल्ला प्रहरी कार्यालय नवलपरासीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ११ दाङ बस्ने ३० बर्षिय भुवन केसी रहेका छन । जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले आज बिहान रामग्राम नगरपालिका वडा नम्बर १ निलोगेट हुदै सुनवल तर्फ हिडदै गैरहेको केसीलाई शंका लागी चेकचाज गर्दा उनको साथबाट पहेलो प्लास्टिकको बोराको झोला भित्र सेतो फाइबरको झोला र सो भित्र खैरो काटुन टेपले बेरी लुकाइ छिपाई राखेको मनोद्धिपक पदार्थ नुफिक १२० एम्पुल, फेनारगन १२३ एम्पुल, डाईजेपाम १२१ एम्पुल, र नाईट्राभेट १० लेखेको ११७ ट्यावलेट फेला पारेको हो ।

लागुऔषध सहित केसीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखिएको र लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०९-१७ , समय : १९:५८:२५ , ५ महिना अगाडि