नेपाल उत्पीडित जातियमुक्ति समाज अर्घाखाँचीको बैठक सम्पन्न

सिद्धार्थ सागर के सि , ३२८  पटक हेरिएको

अर्घाखाँची असोज १२

नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी अर्घाखाँचीको प्रथम बैठक सम्पन्न भएको छ । मुक्ति समाज जिल्ला कमिटी अध्यक्ष लक्ष्मण नेपालीको अध्यक्षता तथा ने.उ.जा.मु.स.केन्द्रिय सचिवालय सदस्य तथा ने.क.पा.(एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य भोज बहादुर गन्धर्व को प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले तीन महिने संगठन बिस्तार अभियान सञ्चालन गर्ने गरि बार्षिक कार्ययोजना तयार गरेकाे जिल्ला अध्यक्ष लक्ष्मण नेपालीले जानकारी दिनु भएको छ ।

उपाध्यक्ष मान बहादुर नेपालीको स्वागत मन्तब्य रहेको बैठकमा ने.क.पा.(एमाले) जिल्ला कमिटी सचिव तोज बहादुर रायमाझी (विधान), उपसचिव तथा जनसंगठन समन्वय संयन्त्र संयोजक शम्भु पोख्रेल, मुक्ति समाज केन्द्रीय कमिटी सदस्य रुद्रबि.क,प्रदेश कमिटी अध्यक्ष कृष्ण बि.क, मिना बि.सि,शिवकला बि.क.को सहभागिता रहेको थियो भने कार्यक्रम संचालन सचिव भुवन बि.क.ले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०९-२९ , समय : २०:२४:०१ , ८ महिना अगाडि