जनताकाे समस्या सम्बाेधन गर्ने गरि जागरण अभियान शुरू गरेको : माधव नेपाल

रुपन्देही खबर , १८९  पटक हेरिएको

भैरहवा, असाेज २१

नेकपा एकिककृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताकाे समस्या सम्बाेधन गर्ने गरि जागरण अभियान शुरू गरेको बताउनु भएको छ । उहाले देशव्यापी रूपमा जागरण पैदा गरेकाे समेत बताउनु भयो । नेकपा एकिककृत समाजवादीले शुरू गरेकाे मेचि महाकाली समाजवादी जागरण अभियान २०८० अन्तर्गत आईतबार भैरहवामा आयाेजित जनसभालाइ सम्बाेधन गर्दै जनताकाे जीवन सुधार गर्ने संकल्प बाेकेर अभियानमा निस्केकाे बताउनु भएको हो । उहाले जनताकाे जिवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै विचमा जनताका मुद्दा लिएर अगाडि आएकाे बताउनु भएको छ । उहाले बेराेजगारी समस्या समाधान गर्ने गरि कृषिबाटै आत्मनिर्भर हुने सकिने बताउनु भयो । अध्यक्ष नेपाले अझै पनि किसानहरूले समस्या झेलिरहेकाले त्यसका लागि समाधान गर्न सरकारसंग कुरा गर्ने बताउनु भएको छ ।

जनसभामा पार्टीका महासचिव घनश्याम भुसालले गरिबी र बेराेजगारी उन्मूलन मुख्य कार्यभार रहेकाे बताउनु भएको छ । उहाले जनताकाे अधिकारलाई संविधानमा सुनिश्चित गरिएपनि मुख्य समस्याका रूपमा गरिबी रहेकाे बताउनु भएको छ । बेराेजगारी समस्या समाधान गरि शुशासन,समृद्विका लागि समाजवादी जागरण अभियान शुरू गरिएकाे बताउनु भएको छ।

महासचिव भुसालले मुलुक बर्बाद पार्न खाेज्ने सबै शक्तिका विरूद्व लडने बताउनु भएको छ। उहाले अहिले धर्म र जातिका नाममा लडाएर बेराेजगारी र गरिबी उन्मूलन मुद्वालाई छायामा पार्ने प्रत्यन गरेकाे भन्दै त्यसलाइ अभियानले चिर्ने बताउनु भएको छ ।

जनसभामम पार्टीका उपमहासचिव डा. विजय पाैडेलले समाजवादी पार्टी निर्माणका लागि मेचिमहाकाली अभियान शुरू गरिएकाे बताउनु भएको छ । कार्यक्रममा पार्टी रूपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, नेता रामबहादुर बस्नेत, युवा सार्दुल मिया लगायतले बाेल्नु भएको थियो।

यस्तै जनसभाकै अवसरमा नेकपा एमाले राेहिणी गाउँ कमिटि अध्यक्ष सुनिल काैशलकाे नेतृत्वमा सिङ्गो गाउँ किमिट नै नेकपा एकीकृत समाजवादीमा समाहित भएकाे छ । काैशल सहितका टिमलाई पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले टीका लगाएर स्वागत गर्नु भएको थियो । गाउ कमिटीका पदाधिकारी, संगै ५ वडा शाखा कमिटीका अध्यक्षहरु एकिकृत समाजबादीमा प्रवेश गरेका छन ।

प्रकाशित मिति: २०२३-१०-०८ , समय : १५:५७:०२ , ७ महिना अगाडि