बचत गर्न सिकाेै भन्दै विद्यार्थीलाई खुत्रुके वितरण

कल्पना खरेल , ६१४  पटक हेरिएको

नवलपरासी,कार्तिक २

द पायनिएर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुल सुनवल -१ पश्चिम नवलपरासीले बचत गर्न सिकाेै भन्दै विद्यार्थीलाई खुत्रुके अर्थात भुड्की वितरण गरेकाे छ । बिहीबार स्कुलले एक कार्यक्रमकाे आयाेजना गरी नेपालीहरूकाे महान पर्व विजया दशमीलाई लक्षित गर्दै विद्यार्थीलाई टीका र जमरा लगाउदै खुत्रुके अर्थात भुड्कि वितरण गरेकाे हाे ।

आफन्तबाट टीका जमरा सगै पाएकाे दक्षिणालाई खर्च हाेइन मितव्ययी ढङ्गले बचत गर्ने बानीकाे विकास गर्ने लक्ष्य सहित विद्यार्थीलाई खुत्रुके अर्थात भुड्की वितरण गरीएकाे विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद शर्माले बताउनुभएकाे छ ।

उहाँले हरेक धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धन सगैं पुस्ता हस्तान्तरण आवश्यक रहेकाे भन्दै विद्यार्थीहरुलाई चाडपर्व र त्यसको धार्मिक महत्त्वका बारेमा जानकारी दिइएकाे टिप्पणी गर्नुभयाे ।

प्रविधिको तिब्र विकास र विस्तार सगै नेपालीहरूले आफ्नाे माैलिकतालाई विस्तारै भुल्दै गएकाे बेला, द पायनिएर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुलले चाडपर्वलाई सभ्य, भब्य र मर्यादित बनाउन , विद्यार्थीलाई राताे टीका र पहेँलो जमराकाे साथमा खुत्रुके वितरण गरेकाे हाे ।

प्रकाशित मिति: २०२३-१०-१९ , समय : २०:४६:०५ , १ वर्ष अगाडि