ओमसतिया गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रुपन्देही खबर , २१४  पटक हेरिएको

भैरहवा, कार्तिक २

नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा ओमसतिया गाउँपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले ओमसतियाको समग्र विकास र समृद्धिका लागि सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरु सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको छ। उहाले समय परिवर्तन संगै कार्य गरेमा अवश्य नै गाउँपालिकाको विकास र समृद्धि सम्भव रहेको भन्दै सकृय भएर काम गर्न आग्रह गर्दै अध्यक्ष शुभकामना व्यक्त गर्नु भएको थियो ।

यस्तै गरि गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले ओमसतियाको विकासमा सबैको हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको बताउनु भएको छ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीले पालिकालाई सुझाव र सल्लाह दिन आग्रह गर्नु भएको छ ।कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष शिव कुमार धवलले अहिलेको आवश्यकताअनुसार शिक्षा, स्वास्थ्य, रोजगार लगायतको विकासमा सबै लाग्नुपर्ने बताउनु भएको छ

कार्यक्रममा गाउँपालिकाको राजस्व शाखा प्रमुख अमृता पाण्डेय, पशु शाखा प्रविधिक चक्रमणि गैरे, कलाधर लम्साल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा गाउँपालिकाभित्रका सम्पूर्ण वडाअध्यक्ष, सदस्य, कार्यपालिका सदस्य, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-१०-२० , समय : ००:१८:२६ , ८ महिना अगाडि