सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल

रुपन्देही खबर , २१७  पटक हेरिएको

काठमाडौं, मंसिर १

नेपाली कांग्रेसले सहकारी विभाग प्रमुख तोकेको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेललाई मनोनीत गर्नु भएको हो

कँडेल कांग्रेस केन्द्रीय सदस्य रहनु भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गर्नु भएको हो ।

कांग्रेस विधानमा महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने व्यवस्था छ। तर सभापति देउवाले विभाग गठनमा ढिलाइ गर्दै आउनु भएको छ ।

कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। कांग्रेसमा ७० विभाग छ।

प्रकाशित मिति: २०२३-११-१७ , समय : १७:००:४४ , ६ महिना अगाडि