पूर्वगृहमन्त्री बालकृष्ण खाणले न्याय पाउने :पूर्वप्रधानमन्त्री देउवा

उर्मिला यादव यात्री , २९२  पटक हेरिएको

भैरहवा, मंसिर १२
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले न्याय पाउने बताउनु भएको छ । नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले सर्वाेच्च अदालतमा विचाराधिन मुद्दामा बोल्न नहुने बताउदै नेता खाणले न्याय पाउनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नु भयो ।
उहाले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको बिषयमा धेरै कुरा उठेको बताउदै अन्तर्राष्ट्रिय बिमानस्थलका लागी आवश्यक पुर्वाधार नै नभएकोले एयरपोर्ट संचालन हुन नसकेको बताउनु भयो । उहाले विमानस्थल सञ्चालनका लागि सरकार र सरोकावाला पक्षसँग छलफल गर्ने बताउनु भयो ।


सभापति देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनका लागि पहल गर्ने बताउनु भएको छ । उहाले रुपन्देही जिल्ला गौतमबुद्ध जन्मस्थल संग जोडिएकोले यस क्षेत्रको बिकास र यहाका औद्योगिक क्षेत्रको बिकासका लागी सम्बन्धित मन्त्रालय संग छलफल गरी काम गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

प्रकाशित मिति: २०२३-११-२८ , समय : २१:१४:३२ , ६ महिना अगाडि