खांणको रिहाईले सुखद संदेश प्रवाह गरेको छ: नेपाली कांग्रेसका सहमहामन्त्री आङ्गदम्बे

उर्मिला यादव यात्री , ३०३  पटक हेरिएको

भैरहवा, मंसिर ३०

नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री भिष्मराज आङ्गदम्बेले पुर्व गृहमन्त्री बालकृष्ण खांणको रिहाईले सुखद संदेश प्रवाह गरेको बताउनु भएको छ । नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिती क्षेत्र नम्बर ३ रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाले न्यायलयमाथि जनताले प्रश्न उठाउदै गर्दा कहि न कहि न्यायलयले सहि न्यायिक निष्कर्षमा मुलुकका धेरै जटिल बिषयबस्तुहरुलाई पुरयाउछ भन्ने प्रमाण साबित गरेको बताउनु भएको हो ।

उहाले उच्च अदालतले ५ वटा आधारमा खांणमाथि लगाइएको आरोप निराधार भएकोले खांणलाई छोडिएको बताउनु भएको छ । उहाले खांण छिटटै नै यस जिल्लामा आउने बिश्वास दिलाउनु भएको छ । उहाले राजनिति क्षेत्र बिकृत सोच र चिन्तनबाट अगाडी बढेको जस्तो अनुभुति भैरहेको बताउनु भएको छ । आफुलाई अगाडी लैजानका निम्ती जस्तोसुकै तिगठन पनि हुन सक्छ कि भन्ने आशंका जन्मिदै गएको जस्तो अनुभुति भएको उल्लेख गर्नु भयो । यो संस्थागत रुपमा मौलाउन नपाओस यो हाम्रो चिन्ता हो उहाले भन्नु भयो ।

पछिल्लो पटक खांणको बिषयमा ब्यक्त गरीएका नशातल्ल भएर छरिएका बिचारहरुले त्यो कुरालाई इंगित पनि गरेको छ । हाम्रो सोचले मुलुकलाई र समग्रमा हामीले प्राप्ति गरेका हरेक उपलब्धिहरु जो हाम्रो जिवन संग गासिएको छ लोकतन्त्र संग गासिएका छन यस्तो बिषयबस्तु नभए पनि कमजोर बनाएर लैजान्छ भन्दै चिन्ता ब्यक्त गर्नु भएको छ । यो खालको सोच र बिकृत मानसिकतालाई संस्थागत हुन नदिनका निम्ती यसबाट मुलुक र समाजलाई तथा देशको आशाका युवाहरुलाई बचाउनका निम्ती नेपाली कांग्रेसले धेरै काम गर्न बाकी रहेको बताउनु भएको छ ।

आंगदम्बेले पलायन भएका युवा शक्तिहरुलाई राज्यले स्वदेशमै ठाउ दिनुपर्ने बताउनु भएको छ । उहाले बिदेशिने युवाहरुलाई अब नेपालमै रोक्न सक्ने बातावरण बनाउन आवश्यक रहेको जोड दिनुभयो । उहाले देशका बेरोजगार युवा पलाएन त भएकै छन । अहिले शिक्षित बेरोजगार युवा समेत बिदेश पलायन हुनाले देशको जनशक्ति बाहिरिएकोमा दुख ब्यक्त गर्नु भएको छ ।
उहाले बिदेशबाट फर्किका युवाहरुलाई पनि ठाउ दिन सकिरहेका छैनौ यस बिषयमा महासमितीको बैठकमा पनि छलफल गरिने बताउनु भएको छ ।

उहाले गौतमबुद्ध अन्तराष्ट्रिय बिमान स्थल भैरहवामा निमार्ण गरि सके पछि पोखरामा के को लागी भन्दै प्रश्न गर्नु भएको छ । उहाले अब एयरपोर्टमा लगानी गर्नुभन्दा भौतिकपुर्वाधार बाटोघाटोको स्तरउन्नती गर्नुपर्ने जोड दिनु भयो । उहाले मापदण्ड पुरा गरेका रोडहरु बनाएर आर्थिक क्रियासिलता ब्यवस्थित गर्न सकिने उल्लेख गर्नु भयो । उहाले अन्तराष्ट्रिय उडानलाई सरकारले ब्यवस्थित गरेर अगाडी बढनुपर्ने बताउदै यसमा भएका बाधा ब्यवधानहरुलाई सहज तरिकाले समाधान गर्न तर्फ लाग्नुपर्ने जोड दिनु भएको छ । लुम्बिनी क्षेत्रको बिकास र संसारभरिका अगुवाहरुलाई ल्याउनका निम्ती गौतमबुद्ध अन्तराष्ट्रिय बिमान स्थल कोसे ढुंगा भएको बताउनु भएको छ । उहाले एयरर्पाेट संचालनको माग गर्दै यहाका ब्यवसायिहरु आन्दोलित हुदा र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदा समेत किन यस बिषयमा पहल गरिएको छैन यस बिषयमा केन्द्रिय बैठकमा छलफल गरिने बताउनु भयो । सरकार यस बिषयमा गम्भिर हुनुपर्ने बताउदै यसको निधान खोज्नुपर्ने आङगदम्बे को भनाइ छ । उहाले ठुलो लगानी र ऋणमा बनाएको एयरर्पाेटहरु हप्तामा २ पटक अन्तराष्ट्रिय उडान भर्न नसके कसरी चल्छ भन्दै यसको संचालनको लागी पहलकदमी आवश्यक रहेको जोड दिनु भयो ।

उहाले नेपाली कांग्रेस सरकारमा सहभागी भएको पार्टीका हिसाबले देशमा भएका बिभिन्न काण्डहरुले जनतामा निराशा छाएको बताउनु भएको छ । सुनकाण्ड लगायत अन्य काण्डमा सरकारको नियमन गर्ने जरुरी थियो होला । बाजुरा र रुकुम पश्चिममा भुइचालो जादा सरकारको अर्जुनदृष्टि त्यहा हुनुपर्नेमा राज्य टिकटकमा अल्झिएको बताउनु भयो । बेमौसमको बासुरी बज्ने जुन खालको प्रवृति यो सरकारमा देखिएको छ त्यसैले गैरजिम्मेवार पार्टी र त्यस्ता खालका नेतृत्वले नेतृत्व गरीरहदा खेरी जिम्मेवार पार्टीलाई समेत असर गर्दछ भन्ने कुराको प्रमाण हो यो उहाले भन्नु भयो । देशमा भएका बिभिन्न काण्डमा नेपाली कांग्रेसको कुनै पनि निकाय ब्यक्ति र ब्यक्तित्व संलग्न छ भने कांग्रेस यस बिषयमा गम्भिरतापुर्वक प्रस्तुत हुने बताउनु भएको छ । उहाले सरकार गम्भिर हुुनुपर्छ हामीले संसदमा कुरा उठाएका छौ र यस बिषयमा पार्टीमा समेत छलफल भैरहेको जानकारी दिनु भयो । उहाले नेपाली कांग्रेस सरकारमा रहेकोले सरकारको नेतृत्व गर्नेहरुले मनपरी गरेको छ र यसको गलत भार कांग्रेसले ब्यर्होनुपर्छ भने यसभन्दा अगाडी अब बोल्न नचाहेको बताउनु भयो । उहाले नेपाली कांग्रेस संग मुलुकको सोच र समृद्धि गासिएकोले कांग्रेस टुलुटुलु हेरेर नबस्ने उल्लेख गर्नु भयो ।

उहाले घोषणापत्रमा लेखिएका प्रतिवद्धता पूरा गर्न र बिकासका निम्ती सरकारमा जानैपर्ने बताउनु भएको छ । उहाले नेमकिपा जस्तो हामी सत्तामा बस्दैनौ प्रतिपक्ष हाम्रो जिवन हो भनेर भन्न सक्नुपर्याे होइन भने जनतामा काम गर्ने आफना घोषणा पत्रमा लेखिएका कुराहरु पुरा गर्ने हो भने सत्तामा जानको निम्ती जस्तो बातावरण हुन्छ त्यहीबाट माथि टेकेर जाने र त्यसलाई सुधार्दै जाने बताउनु भएको छ । सुधार्ने पाटोमा कहि चुक्यौ कि यसमा छलफल गर्न आवश्यक रहेको जोड दिनु भएको थियो । उहाले गुट–उपगुटलाई विचार समूह भन्नुपर्ने र एक–अर्काका विचारलाई निषेध गर्न नहुने समेत बताउनु भएको छ । उहाले कांग्रेस केन्द्रीय कार्यसमितिमा युवाहरुको बलियो उपस्थिति रहेको दावी गर्नु भएको छ ।

कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशिल गुरुङ, सिद्धार्थनगर नगरपालिका १२ का बुथ सभापति हरिराज विष्ट, १० का बुथ सभापति तथा पूर्व वडाअध्यक्ष विजयनाथ धवल, ९ का बुथ सभापति श्यामसुन्दर खनाल र ४ का सभापति नरेन्द्र प्रसाद रौनियारले कांग्रेस सरकारमा रहेकाले जनताले सरकार भएको महसुस गर्न पाउनुपर्ने बताउनु भएको थियो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका सभापति सुशिल गुरुङको अध्यक्षता तथा केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्गदम्बेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा रुपन्देही ३ क का सभापति सुरेन्द्र जंग थापाको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराइले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-१२-१६ , समय : २२:०१:५३ , २ महिना अगाडि