रुपन्देही खबर , ३१४ पटक हेरिएको
नवलपरासी , जेठ २४
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउने बताउनु भएको छ।
चाैधरीले पालिका भित्रका जेष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र औषधी उपलब्ध गराउने जोड दिनु भएको छ ।
सरावल गाउँपालिकालाई काेभिड १९ विरुद्धको पूर्णखोप तथा १५ महिना सम्मको बालबालिकाहरुकाे पुर्ण खाेप सुनिश्चितता घोषणा कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले खोप अभियानमा सहभागी सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था,पुर्व जनप्रतिनिधि, शिक्षण संस्था लगायत सबैप्रति आभार व्यक्त गर्दै खोपको दिगोपनको लागि पालिकाले योजनाबद्ध रुपमा काम गर्ने बताउनु भएको छ ।
उहाँले निःशुल्क औषधी उपचार , एम्बुलेन्स सेवा लगायतका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको र सेवाबाट वञ्चित भएका नागरिकलाई समेत सेवा उपलब्ध गराएको बताउँदै पुर्ण खोपलाई दिगो बनाउन गाउँपालिका सदैव लागि पर्ने बताउनु भएको छ । उहाले जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे छ ।
प्रकाशित मिति: २०२२-०६-०७ , समय : ०८:२३:२८ , २ वर्ष अगाडि