जनमतका अध्यक्षसहित नेताहरुलाई पक्राउ गरिएको विरोधमा जनमत पार्टी रुपन्देहीद्धारा धकधइमा बिरोध

रुपन्देही खबर , ३७५  पटक हेरिएको

भैरहवा, पुस १६

काठमाडौंको माइतीघर मण्डलाबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँगै ५१ जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको बिरोधमा जनमत पार्टी रुपन्देहीले रोहीणी ३ धकधइमा बिरोध कार्यक्रम गरेको छ ।
जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीको अध्यक्षता तथा आदिवासी जनजाति जनमत संघको राष्टिय अध्यक्ष कैलाश गुरुङको प्रमुख आतिथ्यतामा धकधइमा बिरोध कार्यक्रम गरीएको हो ।

विद्यार्थी जनमतसंघले धोती दिवसको अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा डा.सिके राउत सहितका जनमत पार्टीका नेता कार्यकर्ताहरुलाई प्रहरीले आज पक्राउ गरेको थियो । सिके राउत लगायत पक्राउ परेका कार्यकर्ताहरुको रिहाईको माग गर्दै बिरोध सभा गरीएको जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीले जानकारी दिनु भएको छ । उहाले आउने दिनमा मधेशीहरूलाई कहीं कतै हेला नगरीयोस र मधेशीहरु नेपाली नागरिक मात्रै होइन देशको रक्षक हुन भन्दै विरोध कार्यक्रम सम्पन्न भएको चौधरीले जानकारी दिनु भएको छ । नेताहरुलाई प्रहरीले रिहा गरिसकेको छ ।

प्रकाशित मिति: २०२४-०१-०१ , समय : २०:२१:२९ , ५ महिना अगाडि