जनमतका अध्यक्षसहित नेताहरुलाई पक्राउ गरिएको विरोधमा मायादेवी ७ गुण्डीमा प्रदर्शन

रुपन्देही खबर , २१४  पटक हेरिएको

भैरहवा, पुस १६

‘धोति दिवस’ मनाउने क्रममा अध्यक्ष सिके राउतसहित नेताहरुलाई पक्राउ गरिएको भन्दै जनमत पार्टीले रुपन्देहीमा प्रदर्शन गरेको छ । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सोमबार जनमतका अध्यक्ष राउत, सचिव बिपी साह, सामान्य प्रशासन मन्त्री अनिता देवी शाहलगायतलाई पक्राउ गरेको थियो ।

जनमत पार्टी लुम्बिनी साँस्कृतिक नगर समितिले सोमबार दिउँसो १ बजे मायादेवी गाउँपालिका–७ स्थित गुण्डीमा प्रदर्शन गरेको हो । जनमतका नेता कार्यकर्ताहरुले सडकमा टायर बालेका थिए । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो । नेताहरुलाई प्रहरीले रिहा गरिसकेको छ ।

प्रकाशित मिति: २०२४-०१-०१ , समय : २०:४६:२३ , २ महिना अगाडि