सिद्धार्थनगर ५ मा महिलाहरुका लागि पाँचदिने सेल्फ मेकअप तालिम सम्पन्न

उर्मिला यादव यात्री , २२४  पटक हेरिएको

भैरहवा, जेठ २०

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ वडा कार्यालय भैरहवा रुपन्देहीले महिलाहरुका लागि पाँचदिने सेल्फ मेकअप तालिम सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख इश्तियाक अहमद खाँ को प्रमुख आतिथ्यतामा आज मंगलबार एक कार्यक्रमका बिच पाँचदिने सेल्फ मेकअप तालिमको समापन गरिएको हो ।


समापन कार्यक्रममा बोल्नु हुदै नगर प्रमुख खाँ ले तालिमबाट महिला दिदीबहिनीहरुले दैनिक रुपमा प्रयोग गर्दै आएको मेकअप विधिलाई प्रयोग गर्नका लागि सहयोग पुग्ने बताउनु भएको छ । उहाले महिलालाई नै लक्षित गरिएको तालिममा अफिसियल तथा डे मेकअप र स्किन केयर जस्ता विषयवस्तुहरुले थप आकर्षक बनाएको उल्लेख गर्नु भयो । उहाले सिनपा वडा नम्बर ५ ले धेरै किसिमका कार्यक्रम आयोजना गर्दै आएको बताउदै यो जनता संग जोडिएको समेत उल्लेख गर्नु भयो । उहाले सिकेका कुराहरु ब्यवहारमा उर्तान आग्रह गर्दै यसलाई ब्यवसायिक रुपमा अगाडी लैजान सके मात्र जिवनमा परिर्वतन ल्याउन सकिने बताउनु भयो ।

तालिम उद्घाटन गर्नु हुदै नगरप्रमुख खाँले तालिममा सहभागी भएका प्रशिक्षार्थीलाई ध्यान दिएर बढी भन्दा बढी ज्ञान लिन आग्रह गर्नुभएको छ । प्रशिक्षकको कुरा राम्रोसँग सुन्ने र नजानेको कुरा सोध्नुपर्छ उहाँले भन्नुभयो सानो सानो कुराको महत्व धेरै हुने भएकाले सानो कुरामा पनि ख्याल गर्नु पर्ने बताउदै नगर प्रमुख खाँ ले स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

यस्तै गरी सिद्धार्थनगर–५ का वडाअध्यक्ष तथा कार्यक्रमका अध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडावासीको माग अनुसार नै वडा नम्बर ५ ले बिभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु संचालन गर्र्दै आएको बताउनु भएको छ । उहाले भौतिक पुर्वाधारको बिकास संगै वडा नम्बर ५ ले मानवीय बिकासमा समेत जोड दिदै आएकोले वडा नम्बर ५ का बेरोजगार युवा तथा महिलाहरुलाई सिप सिकाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उदेश्यका साथ वडाले निरन्तर रुपमा बिभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको उल्लेख गर्नु भयो ।
उहाले वडा नम्बर ५ ले पारदर्शी रुपमा काम गर्दै आएकोले कही कतै कमीकमजोरी भए सुधार गर्न सुझाव दिन समेत आग्रह गर्नु भएको छ ।

कार्यक्रममा प्रशिक्षक सृष्टि लाकोर श्रेष्ठले बोल्दै सिकाईको कहिल्यै अन्त्य नभएकोले तालिममा महिला दिदीबहिनीहरूको सीपको विकास भई क्षमता अभिवृद्धिमा सहयोग पुगेको बताउनु भएको छ । उहाले तालिमले आफ्नो काममा महिला दिदीबहिनीको अझै जिम्मेवारी बढाएको बताउदै सिकेका कुराहरु आफनो ब्यवहारमा उतारे पनि आफ्नो पेशामा अझै निर्धक्कसँग काम गर्न सक्ने गरि सिकेको बताउनु भयो ।

सिनपा वडा नम्बर ५ का वडा सदस्य किरण देवी सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रममा भैरहवा नमुना मा.बि. का प्रार्चाय चुन्न प्रसाद पाण्डे, शिक्षक टिकाराम भटटराई, सामाजसेवी नारायण प्रसाद अग्रवाल, वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुंग , १३ को वडा सदस्य सिता बुढाप्रित, तालिममा सहभागी रश्मी रसाइली, शोभा भटटराई लगायतले बोल्दै वडाले हरेक क्षेत्रलाई समेटदै तालिमहरु प्रदान गर्दै आएको बताउदै तालिम सिकेका युवा युवतीहरुलाई रोजगारी संग जोड्न आग्रह गरेका थिए ।

सिनपा वडा नम्बर ५ को वडा सदस्य सरस्वती श्रेष्ठले संचालन गर्नु भएको तालिममा ३० जना प्रशिक्षार्थीहरुसंगै बिभिन्न सरोकारवाला निकायका पदाधिकारी, जनप्रतिनिधी लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०६-०३ , समय : २२:३४:४३ , ३ दिन अगाडि