बेलायतको साउथेन्ड विमानस्थलमा विमानमा आगलागी, विमानस्थल बन्द

रुपन्देही खबर , १११  पटक हेरिएको

बेलायत, असार ३०

बेलायतको साउथेन्ड विमानस्थलमा रहेको एक सानो विमानमा आगलागी भएपछि विमानस्थल बन्द भएको छ । अर्को सूचना नभएसम्मका लागि विमानस्थल बन्द गरिएको बीबीसीले जनाएको छ । साउथेन्ड–अन–सी क्षेत्रमा करिब १२ मिटर लामो विमानमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटनामा अहिलेसम्म मानवीय क्षतिको पुष्टी गरिएको छैन ।

विमानस्थल प्रशासनले अर्को सूचना नआउँदासम्म सबै उडान स्थगित गरिएको जनाएको छ । साथै यात्रुहरूलाई आफ्ना एअरलाइनसँग सम्पर्क गरेर जानकारी लिन आग्रह गरिएको छ ।

प्रकाशित मिति: २०२५-०७-१४ , समय : १०:१४:३१ , १ दिन अगाडि