नेपाल–चीनबीचको मित्रतालाई पुस्तौं पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री ओली

रुपन्देही खबर , १०४  पटक हेरिएको

काठमाण्डाै ,साउन २

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई पुस्तौं पुस्तासम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ । सम्बन्धलाई अझ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने पनि उहाँले उल्लेख गर्नुभयो ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा ‘फिनिक्स इन्स्पिरेसन’ ले आज गरेको नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाउने र अझ व्यापक बनाउने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल, व्यवसाय नेतृत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गर्नुभयो ।

प्रकाशित मिति: २०२५-०७-१८ , समय : २१:०९:३३ , १ दिन अगाडि