रुपन्देही खबर , १०२ पटक हेरिएको

गाजा, साउन ६
गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा कुपोषणका कारण ३३ जनाको ज्यान गएको जनाएको छ । कुपोषणका कारण ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको ज्यान गएको मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
सन् २०२३ मा युद्ध शुरू भएदेखि कुपोषणका कारण अहिलेसम्म ८० बालबालिकासहित एक सय एक जनाको ज्यान गएको खबरमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका प्रमुखले गाजाको अन्तिम जीवनरेखा भत्किँदै गएको र इजरायलको आक्रमणका क्रममा मानवीय अवस्था तीव्र गतिमा बिग्रँदै गएको बताएपछि यो तथ्याङ्क आएको हो ।
यसैबीच गाजामा तत्काल युद्ध अन्त्य गर्न बेलायतसहित २७ वटा देशले आह्वान गरेका छन् । उनीहरूले संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरायलको तरिका खतरनाक रहेको, खानेकुरा र पानीको खोजिमा रहेकाहरूलाई थोरै थोरै गरेर सहायता वितरण गर्ने र नागरिकहरूको अमानवीय रूपमा हत्या गर्ने कार्य भइरहेको भन्दै त्यसको निन्दा गरेका छन् ।
प्रकाशित मिति: २०२५-०७-२२ , समय : २०:२५:१८ , १ हप्ता अगाडि