नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण दिउँसो ३ बजे

रुपन्देही खबर , २०९  पटक हेरिएको

काठमाण्डौ,असोज ६

अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण अहिले दिउँसो तीन बजे हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो ।

तर एक घण्टा ढिला गरी तीन बजे हुन लागेको हो । कार्कीले हिजो पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गर्नुभएको थियो । तर, स्वास्थ्यमन्त्रीमा सिफारिस हुनुभएका मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ भएको छ । यस अघि तीन जना मन्त्रीले काम थालिसकेका छन् ।

प्रकाशित मिति: २०२५-०९-२२ , समय : १४:०७:३५ , ३ महिना अगाडि