एजेन्सी , ६९ पटक हेरिएको

कार्तिक २
इजरायलले थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासले पुष्टि गरेको छ । इजरायलले पछिल्लो पटक १५ प्यालेस्टिनीहरूको शव फिर्ता गरेको हो । योसँगै सम्झौता अनुसार इजरायलले फिर्ता गरेका मृतक प्यालेष्टिनीको सङ्ख्या एक सय ३५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामसम्बन्धी सम्झौताअनुसार इजरायलले हरेक मृतक इजरायलीका लागि १५ जना प्यालेस्टिनीको शव बुझाउनु पर्ने थियो । शुक्रवार अबेर हमासले अर्का एक बन्धक इजरायली नागरिकको शव फिर्ता गरेको थियो ।
युद्धविराम शुरु भएयता हमासले नौ जना इजरायली र नेपाली विद्यार्थी विपीन जोशीको शव बुझाइसकेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार फर्केका केही शवमा दुव्र्यवहार, कुटपिट, हथकडी र आँखामा पट्टी बाँधी यातना दिएको सङ्केत देखिएको छ ।
मन्त्रालयले युद्धविराम सम्झौता अन्तर्गत पहिले फिर्ता भएका अन्य मृत शरीरका बारेमा पनि यस्तै दाबी गरेको छ । इजरायली सेनाले यी दाबीहरू ‘हमासको गलत प्रचार’ भएको बताएको छ ।
प्रकाशित मिति: २०२५-१०-१९ , समय : १३:०९:५८ , ६ घन्टा अगाडि