रुपन्देही खबर , ८६ पटक हेरिएको
एजेन्सी
बिहार,कार्तिक २०
भारतको बिहारमा आज पहिलो चरणको विधान सभा चुनावको मतदान भइरहेको छ । केही समय अघिदेखि मतदान प्रक्रिया शुरू भएको बीबीसी हिन्दीले जनाएको छ । पहिलो चरणमा १८ जिल्लाका एक सय २१ विधान सभा सीटका लागि मतदान हुँदैछ, यसमा राजधानी पटना पनि समावेश छ । यस चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा, र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादव जस्ता ठूला नेताहरू चुनावी प्रतिस्पर्धामा छन् ।
शान्तिपूर्ण मतदान सुनिश्चित गर्न भारतको निर्वाचन आयोगले कडा सुरक्षा व्यवस्था गरेको र संवेदनशील मतदान केन्द्रहरूमा विशेष निगरानी बढाएको खबरमा उल्लेख छ । दोस्रो चरणको मतदान नोभेम्बर ११ मा २० जिल्लाका एक सय २२ विधान सभा क्षेत्रमा हुनेछ र नोभेम्बर १४ मा मत परिणाम घोषणा गरिनेछ ।
प्रकाशित मिति: २०२५-११-०६ , समय : १०:२२:२७ , ५ घन्टा अगाडि