रुपन्देही–४ मा नेतृत्वको बहस: मतदाता परिवर्तन र विकासको पक्षमा एकजुट

सुशासन, पारदर्शिता र युवा नेतृत्वप्रतिको उत्साह मर्चवारमा

रुपन्देही खबर , ८१  पटक हेरिएको

मर्चवार,फागुन १३

चुनावी माहोल तातिरहेको रुपन्देही–४ मा अहिले सबैको मुखमा एउटै प्रश्न—अबको नेतृत्व कस्तो हुनुपर्छ? यही बहसको केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार कन्हैया बनिया रहेका छन्।

बनियाले मर्चवार क्षेत्रमा घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै परिवर्तन र विकासप्रतिको उत्साह देखिएको बताउनु भएको छ । उहाका अनुसार मतदाताहरू अब कुनै मत एजेन्टको निर्देशनमा नभई आफ्नो क्षेत्रको समग्र विकास र आउने पुस्ताको सुरक्षित भविष्यको लागि सचेत निर्णय लिन तयार छन्।

“बालेन्द्र शाहजस्ता निर्भीक र परिणाममुखी नेतृत्वले यहाँका मतदातामा नयाँ जोश थपेको छ,” बनियाले रुपन्देही खबरलाई बताउनुभयो ।

घरदैलो अभियानका क्रममा युवा, किसान, वृद्धवृद्धा, व्यवसायी लगायत सबै वर्गका मतदाताहरूले सुशासन, पारदर्शिता र विकासको माग प्रकट गरेका छन्। बनियाका अनुसार, फागुन २१ मा मतदानका लागि आउने मतदाताहरू परिवर्तनको पक्षमा एकताबद्ध देखिएका छन्।

मतदाताहरूले स्पष्ट गरेका छन्, “अब हामी हाम्रो क्षेत्रको विकास र हाम्रो भविष्यका लागि मतदान गर्छौं । पारदर्शिता र सुशासन हाम्रो प्राथमिकता हो।”

चुनावी माहोलसँगै विकासका ठोस एजेन्डा प्रस्तुत गर्दै बनियाले मर्चवारलाई आधुनिक, व्यवस्थित र पूर्वाधार सम्पन्न क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य दोहोर्याउनुभएको छ । जनसहभागिता र उत्साहले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उहाँले फागुन २१ मा परिवर्तनका पक्षमा मतदान गर्न मतदातासँग अपिल गर्नुभएको छ ।

प्रकाशित मिति: २०२६-०२-२५ , समय : २२:३४:४१ , ५ घन्टा अगाडि