गोबिन्द राज ओझा ‘राजन’ , ६६ पटक हेरिएको
डोटी,बैशाख ३०
सीमा हाम्रो, भूमि हाम्रो—अधिकार हाम्रो हो,
यो माटोमा बगेको पसिना र रगतको आधार हाम्रो हो।
सरकार जागोस्, जनताको भावना बुझोस्,
लिपुलेक, कालापानी फिर्ता ल्याउने दृढ संकल्प उठोस्।
राष्ट्रियता कायम रहोस्, स्वाभिमान कहिल्यै नझुकोस्,
यो देशको माटोप्रति हाम्रो प्रेम सधैं बलियो बनोस्।
जनता आफैं जाग्नुपर्छ, चेतनाको दीप बाल्नुपर्छ,
नेपालका हरेक इन्च भूमि हाम्रो हो—यो आवाज उठ्नुपर्छ।
हाम्रो भूमि, हाम्रो पहिचान, हाम्रो अधिकार,
जय नेपाल गुञ्जियोस् सगरमाथाको शिखरदेखि तराईको विस्तार।
नेपाल सधैं बाँचिरहोस्, सधैं हाँसिरहोस्,
नाचिरहोस्, रमाइरहोस्, खुशीयालीले भरिपूर्ण बनिरहोस्।
यो माटो सधैं हाम्रो हुनेछ, जब हामी एक हुन्छौं,
एकताको शक्ति बोकेर राष्ट्रलाई अडिग बनाउँछौं।
कालापानी, लिपुलेक, लिम्पियाधुरा—हाम्रो आत्मा हो,
यी भूभागप्रति हाम्रो माया कहिल्यै कम हुँदैन, यो सत्य हो।
माटोको कसम खाँदै भन्छौं—नेपाल हाम्रो हो,
स्वाभिमान कहिल्यै झुक्दैन, यो हाम्रो प्रतिज्ञा हो।
विशाल नेपालको सपना, विशाल भावना बोकेको,
महान राष्ट्र नेपाल—इतिहास र एकताले जोडिएको।
सुन्दर, शान्त, सभ्यताको भूमि—हाम्रो गौरव,
हिमाल जस्तै अडिग, सधैं महान हाम्रो स्वरूप।
नेपाली माटोको सुगन्धमा भविष्य देख्छौं हामी,
यो देशप्रति हाम्रो माया कहिल्यै नटुट्ने कहानी।
मेरो रगतको हरेक थोपा यो माटोको ऋणी छ,
यो देशका लागि जिउनु र मर्नु—मेरो सच्चा पहिचान यही छ।
प्रकाशित मिति: २०२६-०५-१३ , समय : १८:०२:२० , २ घन्टा अगाडि