एजेन्सी , ४० पटक हेरिएको
इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा ३८ जनाको ज्यान गएको छ । ४०० जना भन्दा बढी घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआइले जनाएको छ । आक्रमणले पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावरलगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्याएको छ । अमेरिकाले यो कारबाही इरानको सैन्य क्षमता कमजोर पार्न र क्षेत्रीय सुरक्षा खतरा न्यूनीकरण गर्न गरेको बताएको छ । तर इरानले नागरिक पूर्वाधारलाई लक्षित गरिएको आरोप लगाएको छ ।
जवाफी कारबाही स्वरूप इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेका अमेरिकी सैन्य शिविरहरूमा आक्रमण गरेको दाबी गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानविरुद्ध सम्भावित ठूलो सैन्य कारबाहीका लागि इजरायलमा थप दर्जनौँ रिफ्युलिङ प्लेन पठाउने एक्सियोसको रिपोर्टले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले नयाँ सैन्य योजना हेरेपछि हर्मोज जलमार्ग वरपर अहिलेसम्म भइरहेका आक्रमणभन्दा धेरै ठूलो आक्रमणको तयारी गर्नुभएको हो । जसमा इरानका ऊर्जा र आणविक फ्यासिलिटीहरू पनि निशानामा पर्न सक्छन् । यद्यपि अन्तिम निर्णय भने नसकेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । अहिले बेन गुरियन र रमोन एयरपोर्टमा गरी झण्डै ६० अमेरिकी रिफ्युलिङ प्लेन खडा छन् । जुन संख्या थप बढ्न सक्छ ।
प्रकाशित मिति: २०२६-०७-१८ , समय : २०:१५:२३ , ४ घन्टा अगाडि