कङ्गोमा इबोलाको कहरः मृत्यु सङ्ख्या २ हजार ३२५ पुग्यो

एजेन्सी , २९  पटक हेरिएको

कङ्गोमा रेडक्रसका स्वयंसेवकहरूले ८ जुन २०२६ मा इबोला पीडितको शव बोक्दै । तस्वीर : एएफपी

भदौ १

लोकतान्त्रिक गणतन्त्र (डीआर) कङ्गोमा फैलिएको इबोला भाइसको प्रकोप देशकाे इतिहासममै सबैभन्दा घातक बनेको छ । कङ्गोमा इबोलका कारण अहिलेसम्म २ हजार ३२५ जनाको ज्यान गएको छ । यसले सन् २०१८–२०२० को प्रकोपमा भएको मृत्युको सङ्ख्यालाई समेत उछिनेर देशको इतिहासमै सबैभन्दा घातक प्रकोपको रूप लिएको समाचार संस्था रोयटर्सले जनाएको छ । त्यति बेला २ हजार २९९ जनाको ज्यान गएको थियो ।

कङ्गोको राष्ट्रिय जनस्वास्थ्य संस्थानले हिजो सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार भाइरसबाट सङ्क्रमित पुष्टि भएकाहरूको सङ्ख्या ४ हजार ९४५ पुगेको छ; यसमा पछिल्लो २४ घण्टामा फेला परेका १०१ नयाँ सङ्क्रमितहरू पनि समावेश छन् ।

इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले बताउनुभयो । उहाँले कङ्गोमा इबोला विजयी भइरहेको उल्लेख गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले अहिलेको सङ्क्रमण सन् २०१४ देखि २०१६ सम्म चलेको पश्चिम अफ्रिकी इबोला महामारीलाई पनि उछिन्ने दिशामा अघि बढिरहेको बताउनुभएको छ । त्यति बेला यो भाइरसका कारण ११ हजार जनाभन्दा धेरैको ज्यान गएको थियो ।

प्रकाशित मिति: २०२६-०८-१७ , समय : १९:१४:०१ , २ घन्टा अगाडि