सिरियामा ४५ सय वर्षअघि नै विकसित थियो परिष्कृत खाना पकाउने कला
सिरियाली भान्सेहरूले खानाको प्रकारअनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ । पूराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड, बिरुवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । त्यसबेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइटका भाँडा बनाइन्थे भने केही भाँडा चीनबाट आयात हुन्थे ।
प्रकाशित मिति: २०२६-०९-१२ , समय : ०८:५१:०५ , १ घन्टा अगाडि