युवा नेता मोहम्मद अली लोसपा प्रदेश कार्यकारिणी सदस्यमा मनोनित

रुपन्देही खबर , ३३०  पटक हेरिएको

भैरहवा, फागुन २१

युवा नेता मोहम्मद अली लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)को लुम्बिनी प्रदेश समितिको कार्यकारिणी सदस्यमा मनोनित हुनु भएको छ। उहालाई शनिबार पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष कुमार पाण्डेयले कार्यकारिणी सदस्यमा मनोनित गर्नु भएको हो ।

शुक्रबार लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले अलीलाई लोसपामा प्रवेश गराउनु भएको थियो । सिद्धार्थनगर नगरपालिका–४ निवासी अलीले आफूलाई पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०३-०५ , समय : १५:२६:३५ , २ वर्ष अगाडि