लुम्बिनी सांस्कृतिकमा मानसिक स्वास्थ्य परियोजनाबारे अभिमुखीकरण

रुपन्देही खबर , २२५  पटक हेरिएको

कन्चन, फागुन २४

कञ्चन सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीको आयोजना तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको समन्वयमा मानसिक स्वास्थ्य परियोजनाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्ट्रोम फाउण्डेसन नेपालसंगको सहकार्यमा आगामी ३ बर्षका लागि संचालन हुने मानसिक स्वास्थ्य परियोजनाबारे अभिमुखीकरण गरिएको हो।

अभिमुखीकरण कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगर नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानले हरेक ब्यक्ती कुनै न कुनै रुपमा मानसिक स्वास्थ्य समस्याबाट ग्रस्ट भएको बताउदै सामान्य नागरिक अभाव र समस्याका कारण पिडित भई मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त भएको सन्दर्भमा सुनगा सामुदायिक बिकास केन्द्रबाट संचालन हुने मानसिक स्वास्थ्य सम्बन्धी परियोजना प्रभावकारी हुने बताउने भयो।

यसैगरी लुम्बिनी सांस्कृतिक नगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवालीले बाहिर देखिने स्वास्थ्य समस्या भन्दा नदेखिने स्वास्थ्य समस्या बढी खतरनाक हुने बताउनु भएको छ । हामीले पनि आफुलाई स्वस्थ जस्तो लागे पनि हामी मानसिक स्वास्थ्य समस्याबाट अछुतो नरहेको बताउदै प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बर्तमान अवस्थामा सामान्य नागरिकसंगसंगै जनप्रतिनीधि र कर्मचारीमा पनि मनोसामाजिक समस्या रहेकोले यसका लागि मनोपरामर्श अनिवार्य रहेको बताउनु भयो।
यस्तै केन्द्रका सामाजिक परिचालक अधिकृत प्रदीप केवटले परियोजना संचालन गर्नुको औचित्यता तथा मानसिक स्वास्थ्य समस्याको अवस्थाबारे कार्यक्रममा जानकारी गराउनु भएको थियो भने अनुगमन तथा मुल्यांकन अधिकृत सृजना चौधरीले मानसिक स्वास् परियोजना संचालन र त्यसको विधि प्रभावकारिताबारे सहजिकरण गर्नु भएको थियो।

सुनगाभा सामुदायिक बिकास केन्द्रका सचिव हिमा बेलवासेले अभिमुखीकरण कार्यक्रमको अध्यक्षता गर्दै लुम्बिनी सांस्कृतिक नगर नगरपालिकासंगको सहकार्य र समन्वयमा नगरको सबै वडामा मानसिक स्वास्थ्य परियोजना संचालन गरि समुदायमा भएको मानसिक स्वास्थ्य समस्याको न्युनिकरणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो।

कञ्चन गाउापालिकाको कार्यपालिका कक्षमा भएको कार्यक्रममा पालिकाका जनप्रतिनीधि, कर्मचारी लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन सुनगाभा सामुदायिक बिकास केन्द्रका श्यामसिंह यादवले गर्नु भएको थियो।

प्रकाशित मिति: २०२४-०३-०७ , समय : १०:२५:५३ , २ महिना अगाडि