रुपन्देही खबर , २५७ पटक हेरिएको
कञ्चन,जेठ ५
कञ्चन गाउँपालिका वडा नं. ४ को कार्यालयको आयोजनामा
बैशाख २९ गते देखि शुरु भएको तनाव ब्यबस्थापनका लागि संचालन गरिएको एक हप्ते योग शिविर सम्पन्न भएको छ
दियो खेल मैदानमा संचालन भएको शिविरको समापन गर्दै कञ्चन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि टेक बहादुर गुरुङ्गले स्वस्थ जिवनका लागि योग अनिवार्य रहेको बताउनु भयो। योगले आफ्नो जिवनमा आमुल परिवर्तन ल्याएको उल्लेख गर्दै गुरुङ्गले यदि आफु योग शिविरमा सहभागी नभएको भए आफ्नो जिवनको आयुको कुनै टुङ्गो नहुने महसुस गरेको बताउनु भएको छ ।
यस्तै वडा नं.३ का वडा टिकाराम सापकोटाले योगलाई जिवनसंग जोडेर संगसंगै लैजान सकेमात्र जिवनमा नयाँ उर्जा थपिने बताउनु भयो भने वडा नं. १ का वडा अध्यक्ष हरिनारयण थारुले योग नै अस्वस्थ जिवनका लागि ठूलो अस्पताल भएको उल्लेख गर्नु भयो। यसैगरी वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले दैनिक जिवनमा योगलाई आत्मसात गर्न सकेमात्र शारिरीक र मानसिक रुपमा तन्दुरुस्त भइने बताउनु भयो।
यसैगरी वडा नं.५ का वडा सचिव चोलाकान्त पाण्डेयले भौतिक पुर्वाधार बिकाससंगसंगै पालिकावासीहरुलाई सुखी बनाउन योग शिविरमा लगानी गर्न आवश्यक रहेको बताउनु भएको छ । योगले दिनभरीको थकानलाई पुनःतनजगी बनाउनुको साथै हरेक दिन बिहान गरिने योग अभ्यासले शारिरीक रुपमा स्फुर्ति र मानसिक रुपमा तन्दुरुस्ती ल्याउने र दैनिक रुपमा सम्पादन हुने काममा गुणस्तरियता र तदारुक्ता आउने वडा सचिव पाण्डेयले बताउनु भयो।
वडा नं. ४ का वडा अध्यक्ष केशर बहादु खत्रीको अध्यक्ष्यतामा भएको कार्यक्रममा दियो ढावा टोल बिकास संस्थाका अध्यक्ष केशव बहादुर गाहा र हिमालय आमा समूहका अध्यक्ष सोनिया बि.क.ले समेत योग शिविरबाट सिकेको योगाभ्यासलाई दैनिक जिवनमा लागु गर्दै जाने बताउनु भएको छ ।
वडा सचिव चक्रपाणी पौडेलको संचालन तथा कार्यपालिका सदस्य सुशिला थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति: २०२४-०५-१८ , समय : ०९:२१:४७ , ५ महिना अगाडि