नाेबेल इन्भायराेमेन्ट एकेडेमीद्वारा नया विद्यार्थी तथा शिक्षकलाई स्वागत

पार्वती थारु , २०५  पटक हेरिएको

तिलाेत्तमा, जेठ ८

नाेबेल इन्भायराेमेन्ट एकेडेमीले साेमबार नयाँ विद्यार्थी, नयाँ शिक्षक स्वागत, छात्रवृत्ति तथा व्याच वितरण कार्यक्रम सम्पन्न गरेकाे छ। रूपन्देहिकाे तिलाेत्तमा १५ काेटिहवामा अवस्थित नाेवेल इन्भायराेमेन्ट एकेडेमीको आयाेजनामा कार्यक्रम सम्पन्न भएको हाे । जसमा ०८१ काे शैक्षिक सत्रमा प्ले ग्रुप देखि कक्षा १० सम्मका नयाँ भर्ना भएका विद्यार्थी ३९ जना, नयाँ शिक्षक ६ जनालाई स्वागत गरिएको हाे। यस्तै प्ले ग्रुप देखि कक्षा १० सम्मका ६७ जनालाई छात्रवृत्ति प्रदान र ४० जनालाई स्काउटकाे व्याच वितरण गरिएको थियाे ।

असल शैक्षिक वातावरण,सिर्जनात्मक ज्ञान र उत्कृष्टता भन्ने नारालाई आत्मसात गर्दै नयाँ विद्यार्थीहरु, शिक्षकहरुलाई स्वागत तथा छात्रवृत्ति र व्याच वितरण विद्यालयका अध्यक्ष पुर्ण वहादुर गुरुङले प्रदान गर्नु भएको थियाे । कार्यक्रममा एकेडेमीका प्रिन्सिपल खिनु गुरुङ, एकेडेमीका प्रबन्धक सुन्दर गुरुङ, शिक्षक, विद्यार्थी , लगायतकाे सहभागिता रहेकाे कार्यक्रमकाे सन्चालन शिक्षक विनि दर्लामिले गर्नु भएको थियाे ।

प्रकाशित मिति: २०२४-०५-२१ , समय : १०:३०:२२ , १ महिना अगाडि