एसइई २०८० को नतिजा सार्वजनिक

रुपन्देही खबर , ३०३  पटक हेरिएको

काठमाडौं, असार १३

माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार बिहान नतिजा सार्वजनिक गरेको हो।

सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तीर्ण भएका छन्। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। एसपटकको एसइई नतिजा विभिन्न ११ वटा संस्थाको वेवसाइट, आइभिआर र एसएमएसमार्फत् हेर्न सकिने कार्यालयले जनाएको छ।

नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभिआर मार्फत्, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी ३५००१ मा कोडमा, इजी सर्भिसको ३४९४९ कोडमा र आकाश टेकको ३१००३ कोड राखेर एसएमएस गरेर नतिजा हेर्न सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

यस्तै राष्ट्रिय परिक्षा नियन्त्रण कार्यालय,परीक्षा बोर्ड,खल्ती, इसेवा लगायतको वेवसाइटबाट पनि परीक्षाफल हेर्न सकिने छ।

प्रकाशित मिति: २०२४-०६-२७ , समय : ११:१९:०६ , ४ महिना अगाडि