कपिलवस्तुमा वडाध्यक्ष पदका प्रत्याशी चतुर्वेदी वडा सदस्यहरू सहित घरदैलोमा

अजय मिश्र , ९६९  पटक हेरिएको

कृष्णनगर, बैशाख १६

यहि बैशाख ३० हुने स्थानिय निर्वाचनको लागी कृष्णनगर नगरपालिका वडा नम्बर १० वडाध्यक्ष पदका प्रत्याशी घनश्याम प्रसाद चतुर्वेदीले प्रत्याशी वडा सदस्यहरू सहित घर दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

घनश्याम प्रसाद चतुर्वेदी बहुजन शक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडाध्यक्ष तथा सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन। घरदैलो कार्यक्रममा वडा नम्बर १० का सौनहवा, खैरा, अमौली, औरहवा, बसवरीया, बकौली, विद्यानगर लगायतका गाँउमा घर दैलो अभियान लाई तिब्रता दिएको जानकारी गराईएको छ ।
निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ बहुजन शक्ति पार्टीलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।

प्रकाशित मिति: २०२२-०४-२९ , समय : २३:०९:१० , २ वर्ष अगाडि