रुपन्देहीको मणिग्राममा मतदाता शिक्षा र नमुना मतदान अभ्यास कार्यक्रम सम्पन्न

लक्ष्मी पाण्डे , ३२६  पटक हेरिएको

भैरहवा, कार्तिक १७

अपाङ्गता भएका ब्यक्तिहरुका लागि पहुँचयुक्त परियोजना अन्तर्गत नेत्रहिन युवा संघ रुपन्देहीले बुधबार मणिग्राममा मतदाता शिक्षा र नमुना मतदान अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न अपांगता भएका ब्यक्तिहरु र पहिलो पटक मतदान गर्न लागेका युवाहरुको सहभागीतामा कार्यक्रम गरिएको आयोजकले बताएको छ ।


कार्यक्रममा प्रतिनिधि र प्रदेश सभाको संरचना, निर्वाचन प्रक्रियाबारे परियोजनाका प्रमोटर सुम्मा हुमागाइले सहजीकरण गर्नुभएको थियो भने इशराज भट्टले मतदाता शिक्षाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

निर्वाचन कार्यालयको सहयोग समेत रहेको उक्त्त नमुना मतदान कार्यक्रम मतदान अधिकृत ,तथ्याक फारम भर्ने , रुजु गर्ने , नङमा मसि लगाउने , परिबेक्षण गर्ने भुमिका समेत गराइएको थियो । कुल खसेको मत मध्ये प्रतिनिधि सभा र प्रदेश सभा र समानुपातिक तर्फ भने सबै मत सदर भएको परियोजनाका फिल्ड अधिकृत लक्ष्मी पाण्डेले जानकारी दिनुभयो । उक्त कार्यक्रमको अनुगमन नेत्रहिन युवा संघ नेपालका निर्देशक विश्वराम श्रेष्ठ ,स्विडेनमा रहेका नेत्रहिन युवाहरुको संस्थाबाट आउनु भएको पदाधिकारीहरुले समेत अनुगमन गर्नुभएको थियो ।

सस्थाले यस अगाडि बुटवल -१५ दुर्गा आधारभुत बिद्यालयमा नमुना मतदान गरिएको त्यसै अन्तर्गत तिलोत्तमा -५ शान्ति नमुना माध्यमिक बिद्यालयमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको र यस्तै प्रकारको नमुना मतदान कार्यक्रम विभिन्न क्षेत्रमा गरिने नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२२-११-०३ , समय : ०६:४७:३८ , २ वर्ष अगाडि